काठमाडौं, ११ साउन । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले आपप्नो व्यापार विस्तार गर्न अमेडियससँग सम्झौता गरेको छ । एअरलाइन्स्ले स्तरीय बुकिंग सेवा प्रदान गर्नको लागि अमेडियससँग टिकट वितरणसम्बन्धि सम्झैता गरेको बताएको छ । ‘अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्धारा सेवा प्रदान गर्ने एक अग्रणी सेवा प्रदायक संस्था हो । ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धता बारे जानकारी दिनको लागि एअरलाइन्स्ले पहिलो पटक ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम साझेदारको रुपमा अमेडियसलाई छनौट गरेको हो,’ एअरलाइन्सले जारी गरेको विज्ञप्तिमा छ ।
नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित एअरलाइन्स्ले गत जेठ १८ देखि कतारको दोहामा आप्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । निकट भविष्यमा दिल्ली, ल्हासा, चेंगदू, बेइजिङ, कोलम्बो,बैंकक, हंगकंग र दामाममा पनि उडान गर्ने एयरलाइन्स्को योजना रहेको छ । ‘हिमालय एअरलाइन्स् र अमेडियस बिच टिकट वितरण सम्झौता हुनु भनेको अमेडियस सम्बद्ध विश्वका कुनै पनि ट्राभल एजेन्सिजहरुमा एअरलाइन्स्को टिकट भाडादर, सिट र समय तालिका लगायतको पूर्ण विवरण जानकारी उपलब्ध गराउनु हो’, विज्ञप्मिा उल्लेख छ ।
सम्झौता बारे टिप्पणी गर्दै एअरलाइन्स्का भाइस प्रेसिडेन्ट श्री विजय श्रेष्ठले भने,“हिमालय एअरलाइन्स् भर्खरै मात्र आफ्नो यात्रा शुरु गर्दैछ र यसको उज्वल भविश्यलाई लिएर हामी सकारात्मक छौँ । हामी आफ्नो उडान र नेटवर्क विस्तार गर्दै एअरलाइन्स्को विकास गर्ने योजनाको साथ अगाडि बढिरहेका छौँ । विश्वभरीका यात्रुहरुलाई हाम्रो सेवाहरुको बारेमा सूचना प्रवाह गर्नको लागि ट्राभल एजेन्सी च्यानल अपरिहार्य छ । हामी विश्वस्त छौँ कि अमेडियसलाई ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम पार्टनरको रुपमा चयन गरेर हामीले राम्रो विकल्प रोजेका छौँ । अमेडियसले विविध किसिमको आवश्यकता तथा विशेषता बोकेको ट्राभल एजेन्सीहरुलाई एउटै मञ्चमा ल्याएर काम गर्ने हँुदा हामी उनीहरु सँग काम गर्न निकै उत्साहित छौँ ।’
अमेडियस एअरलाइन्स् एशिया प्यासिफिकका व्यवसायिक कार्यकारी उपाध्यक्ष हाजिम हुसेनल भने “ यस क्षेत्रमा एक नयाँ एअरलाइन्स्लाई आफ्नो पार्टनर बनाउन पउँदा हामी निकै उत्साहित छौ र यसको प्रगतिको कामना गर्दै हामी उनीहरुको सेवा लाई विश्वका यात्रुहरुमा पु¥याएर उनीहरु सँग कार्य गर्न निकै उत्साहित छौँ ।” यो सम्झौतासँगै अमेडियस सिस्टमद्धारा बुक गर्न मिल्ने ४७४ भन्दा बढि एअरलाइन्स्को सूचिमा हिमालय एअरलाइन्स् पनि सामेल भएको छ ।
हिमालय एअरलाइन्स् प्रालिबारे
नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स् पूर्णसेवा दिने अन्तराष्र्टि«य एअरलाइन्स् हो । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स्ले जेठ १८ २०७३ दोहा, कतारमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । निकट भविष्यमो दिल्ली, ल्हासा, चेंगदु, बेइजिङ, कोलम्बो, बेंैकक र हंगकंग र दमाम पनि एयरलाइन्स्ले उडान गर्ने योजना बनाएको छ ।
हिमालय एअरलाइन्स्ले आगामी पाँच वर्ष भित्र पन्ध्रवटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान गर्ने ब्घघण् जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको छ ।
अमेडियस बारे
अमेडियस विश्वव्यापि रुपमा ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यम ४ारा सेवा प्रदान गर्ने एक अग्रणी सेवा प्रदायक संस्था हो । अमेडियसका ग्राहक समूहहरुमा यात्रा प्रदायक (एअरलाइन्स्, होटल, रेल र पानी जहाज सञ्चालक), ट्राभल सेलरस् (ट्राभल एजेन्सी र वेबसाइट) र ट्राभल बाएर्स (कर्पोरेशनहरु र ट्राभल म्यानेजमेन्ट कम्पनि) आदि पर्दछन् । अमेडियसको मुख्यालय म्याड्रिड, निस (विकास) र अर्र्डिङ ( अपरेसन ) साथै ७१ स्थानिय व्यावसायिक संगठनहरुमा गरेर जम्मा १३,००० कर्मचारीहरु आवद्ध छन् । अमेडियसले कारोबारमा आधारीत विजनेस मोडेल सञ्चालन गर्दछ ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.