TOURISM TIMES

Devoted to Promote tourism in Nepal

पूर्वका पर्यटकीय गन्तव्यको प्रचार तिव्र पार्दै मेची पहाडी पर्यटन प्रबद्र्धन विकास समिति

Purbako Paryatan Photo
इलाम । सुदुरपूर्वका इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकीय गन्तव्यको स्थलगत अध्ययन, अवलोकनपश्चात् प्रचारप्रसार र प्रबद्र्धन अभियानलाइ तिव्रता दिंदै मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिले सबै किसिमको सक्रियता बढाएको छ । प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक महत्व बोकेका पूर्वका गन्तव्यलाई उजागर पार्ने अभियानमा समितिले राष्ट्रिय ÷अन्तर्राष्ट्रिय अभियानलाई तिव्र पारेको हो । समितिले ब्रोसरका माध्यमबाट होस् या स्थानीय सरोकार पक्षसँग मिलेर पर्यटन विकासका योजना अगाडि बढाउने कार्यसँगै काठमाडौ र भारतका पत्रकारहरुको समूहसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित व्यवसायीक संस्थाका प्रतिनिधिहरुलाई स्थलगत अध्ययन भ्रमण गराएर प्रचार अभियानलाई तिव्रता दिएको हो ।
पत्रकार र व्यवसायीहरुको समूहलाई २०७३ जेठ १९ गते बुधबार देखि एक साता लामो समयको स्थलगत अवलोकन भ्रमण गराएर समितिले पूर्वका पर्यटकीय सम्भाव्यताबारे विस्तृत जानकारी गराएको छ । नमुना पर्यटकीय स्थलको स्थलगत अवलोकन सँगै अन्तक्रियामार्फत समितिले इलाम जिल्लाको इलाम नगरपालीका, कन्याम चियाबगानको रमणिय दृष्यावलोकन, माईपोखरी, सन्दकपुर, अन्तु, सिद्धिथुम्का, टोड्के झरना, माङसेबुङ, पाथीभरादेवी, शलकपुर, देवानछाप,पशुपतिनगर, माङमालुङ, गजुरमुखी, विश्वमै दुर्लभ मानिएको रेडपाण्डा पाईने हाँगेथाम लगायत पर्यटकीय गन्तव्यको जानकारी गराएको छ ।
त्यस्तै पाँचथर जिल्लामा अवस्थित जोरपोखरी, सिलौती, ऐतिहासिक महत्व बोकेको हिलिहाँङ दरबार, सुम्हात्लुङ देवस्थल, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, सिंह सिद्ध तीर्थस्थल, स्वर्गपुरी मन्दिर, लब्रेकुटी, छालासुकुवा, गुरुङ संग्राहलयबारे जानकारी गराएको छ ।
यता ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वी नेपालकै प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, विश्वकै तेस्रो र नेपालकै दोस्रो ८,५८६ मिटर अग्लो कंचनजंघा हिमश्रृंखला क्षेत्र, तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, दिकी छ्योलिङ गुम्बा लगायतको जानकारी गराएको छ ।
स्थानीय पर्यटन व्यवसायी, पत्रकार र सरोकार पक्षका साथै सरकारी निकायका प्रतिनिधिहरु, काठमाडौ, इटहरीबाट पुगेका पत्रकारहरु, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन पत्रकार संघ (जाट–नेपाल)का प्रतिनिधि, दोलखा पर्यटन विकास समितिका प्रतिनिधि, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का प्रतिनिधि, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका प्रतिनिधि, भारतको कलकत्ता, सिलगुढी, ग्यान्टोक, सिक्किमबाट आएका पत्रकारहरुको सहभागीता सहित समितिले पूर्वका पर्यटकीय क्षेत्रको अवलोकनसहित प्रचारप्रसार र प्रबद्र्धन गराएको हो ।
अवलोकन भ्रमणको निष्कर्ष प्रस्तुत गर्दै मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष रणबहादुर खड्काले प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानिएका पूर्वका तीन जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका प्रसिद्ध पर्यटकीय गन्तव्यको राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रचार गरि देशकै अर्थतन्त्रमा सुदुरपूर्वको योगदानलाई एक नम्बरमा पार्ने अभियानमा समितिले कार्य अगाडि बढाएको दाी गरे । यसका लागि स्थानीयस्तरमा सक्रियरुपमा कार्य गरिरहेका पर्यटनसँग सम्बन्धित संघसंस्थाहरु, सरकारी निकाय र व्यवसायीहरुसँग मिलेर युद्धस्तरमा कार्य अगाडि बढाईएको जानकारी दिएका छन् ।
त्यस्तै समितिका कार्यबारे स्पष्ट पार्दै समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा इलाम, पाँचथर र ताप्लेजुङका साना तथा मझौला होटलमा रहेका कर्मचारीलाई तालिम दिने, पर्यटन पूर्वाधारको विकास कार्य सँगै प्रबद्र्धनात्मक कार्यलाई तिव्रता दिएको बताए ।
अवलोकन भ्रमणमा सहभागी नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी, सहभागी पत्रकारहरुले पर्यटन पूर्वाधारको विकास, पर्यटकको स्वागतसत्कार, आवश्यक सरसफाई, उनीहरुसँग गरिने नम्र व्यवहार, स्थानीय उत्पादनका परिकारमा जोड दिनुपर्ने, स्थानीक कला सँस्कृतिमा ध्यान दिदैं पर्यटन प्याकेज र पर्यटक गाईडसँगै सूचनाको व्यवस्थापनमा जोड दिन सुझाएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 8, 2016 by in News.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: