रात्रिकालीन विमान सेवाको व्यवस्था गर्नुपर्ने, धावनमार्गको अवस्थामा सुधार ल्याउनुपर्ने, नयाँ बन्दै गरेको टर्मिनल भवनको नक्सामा सो भवनको छत नै नभएकाले नक्सा बनाउनुपर्ने, विमानस्थलमा शौचालय, खानेपानी, यात्री विश्रामस्थलको उचित व्यवस्थापन गर्नुपर्नेजस्ता माग सरोकारवालाले राखेका थिए । सो कार्यक्रममा पर्यटन तथा नागरिक उड््डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बिना छतको नक्सा बनाउने प्राविधिकलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँको विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको आँैल्याउनुभयो ।
सो कार्यक्रममा जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साह, महासचिव जितेन्द्रप्रसाद साह, समाजेसेवी सुभाषचन्द्र साह, जनकपुर विमानस्थलका प्रमुख इन्दुराज अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने लगायतका वक्ताले जनकपुर विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलमा परिणत गर्न सके यसले जनकपुरको पर्यटन विकास कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।