पर्यटन बोर्डको आगामी आवको बजेट सम्बन्धमा बोर्डद्वारा आज पोखरामा आयोजित अन्तरक्रियामा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटनलाई अघि बढाउने कार्ययोजना अघि बढाइएको बताउनुभयो । बोर्डले आगामी आवमा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनका लागि लगभग रु ४० करोड खर्चिने पूर्वअनुमान गरेको उहाँले जानकारी दिनुभयो ।
आगामी आवमा क्षेत्रगत रुपमा मित्रराष्ट्र चीन र भारतबाट अधिकतम सङ्ख्यामा पर्यटक नेपालमा भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रमका लागि रु तीन÷तीन करोड बजेट छुट्याउने तयारी गरिएको सापकोटाले बताउनु भयो । उहाँका अनुसार आगामी आवका लागि बोर्डको कुल बजेट लगभग रु ९० करोड हुने अनुमान गरिएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन बोर्ड काठमाडौँमा मात्र सीमित नरहने र आगामी आवमा देशका प्रत्येक पर्यटकीय स्थलको विकास एवम् त्यहाँको प्रवद्र्धनका लागि क्रियाशील हुने बताउनुभयो ।
अन्तक्र्रियामा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पोखरालाई पर्यटनको राजधानी भन्ने गरिएको बताउँदै यहाँको पर्यटकीय पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धनलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने धारणा राख्नु भयो । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विश्वशङ्कर पालिखेले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय गन्तव्यको राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले भूकम्पपश्चात् पर्यटकीय सम्पदा एवम् क्षेत्र सुरक्षित एवम् अझै राम्रो अवस्थामा छन् भन्ने सन्देशलाई व्यापक बनाउनु आवश्यक रहेको उल्लेख गर्नु भयो ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.