TOURISM TIMES

Devoted to Promote tourism in Nepal

पर्यटन प्रवद्र्धनका लागि पर्यटन सुन्दरी प्रतियोगिता

mis-tourismकाठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले पहिलो पटक ‘मिस टुरिज्म–२०१६’ को आयोजना गरिने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आगामी भदौ २५ गते ‘पर्यटन सुन्दरी–२०७२’ कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उक्त प्रतियोगिताका लागि असार १ गतेदेखि आवेदन खुला गरिने छ । अठार देखि २५ वर्ष उमेर समूहका अविवाहित महिलाले असार ३१ सम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ ।

‘मिस टुरिज्म’लाई भव्य, सभ्य र विवादरहित बनाउन सिङ्गो पर्यटन क्षेत्रसँग सहकार्य गरिने आयोजक प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । काठमाडौँ, पोखरा र चितवनका पर्यटकीयस्थलबाट प्रतियोगी छनोट गरिने छ । मिस टुरिज्मलाई रु ५० हजार, फस्ट रनर अपलाई रु ३० हजार र सेकेन्ड रनर अपलाई रु २० हजार प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले पहिलो पटक आयोजना गर्न लागिएको प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटन व्यवसायी हरि धरेल, मोहन लम्साल, राजन सिंखडा लगायतले मिस टुरिज्म नयाँ पर्यटकीय कार्यक्रम भएको र यसलाई व्यवस्थित गरी विश्व बजारमा प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

ठमले पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया र राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)का अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा महिला आकर्षणका लागि प्रतियोगिता सान्दर्भिक हुने भन्दै यसलाई सफल पार्न सबैको सहयोग चाहिने बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 7, 2016 by in News.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: