नेपाली पर्यटन विकासका लागि बलियो राष्ट्रिय ध्वजावहाकको मुद्दा विगतदेखि नै उठदै आएको हो । विश्वका प्रमुख गन्तब्यसम्म सीधा उडान, सस्तो हवाईभाडा र चाहिएजति सीट भए नेपालमा बिदेशी पर्यटकको ओइरो लाग्छ भन्ने तर्क लामो समयदेखि पर्यटन क्षेत्रका जानकारहरुले गर्दै आएका छन् । तर, कुनै बेला जापान, जर्मनी र अमेरिकासम्म उडान भर्दै आएको नेपाली ध्वजावहाक नेपाल वायुसेवा निगम (एनएसी) अहिले नजिकका एकदुईवटा अन्तर्राष्ट्रिय गन्तब्यमा खुम्चिएर बाँचिरहेको छ । अघिल्लो वर्ष दुईवटा न्यारो बडीका एयरबस किनेको निगमले अब भने आफुलाई थप परिष्कृत र सु–सम्पन्न बनाएर अघि बढने तयारी थालेको छ । यसलाई पर्यटन क्षेत्रका लागि सुखद समाचारका रुपमा सबैले लिएका छन् । धेरै गन्तब्यसम्म नपुग्ने र पुगेका गन्तब्यमा पनि ढिलो उडने, नियमित सञ्चालन नहुने र प्रभावकारी उपस्थिति देखाउन नसकेको निगमले आफ्नो सेवा सुधारका रणनीतिक तीन वर्षे कार्ययोजना ल्याएको छ । निगमले आफ्नो व्यवस्थापनमा व्यापक सुधार सहित आगामी २०७३ साल मङ्सिरमा पहिलो वाईड बडी बिमान र माघमा दोस्रो वाईडवडी बिमान खरिद गर्ने लक्ष्यसहित तीनवर्षे सुधार कार्य योजना सार्वजनिक गरेको हो । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले आगामी वर्षमा वाईड वडीका दुई विमान र २०७४ साल वैशाखमा एक न्यारोवडी विमान र असारमा अर्को गरी दुई न्यारोवडी विमान खरिद गर्ने योजना बनाएका छन् ।
सो कार्ययोजनाअनुसार २०७४ साल असारसम्म अन्तर्राष्ट्रिय उडानतर्फ निगममा दुईवटा वाइडबडी र पूरानो दुई वटा बोइङग समेत गरी छ वटा जेटवडी विमानले सेवा दिने र हवाई नीतिअनुसार सुरक्षित र भरपर्दो हेलिकप्टर सेवा दिइने निगमको घोषणामा छ । निगमले थप नयाँ गन्तव्यमा उडान सञ्चालन गर्न २०७३ साल असारसम्म ग्वाङ्गजाओ, कलकत्ता, कुनमिङ्गलगायत स्थानमा सेवा सञ्चालन गर्ने र दिल्लीमा थप उडानहरु राख्ने लक्ष्य राखेको छ । निगमले पहिलो वाइडबडी २०७३ साल मङ्सिरमा उपलब्ध भएपछि अष्ट्रेलिया, जापान र कोरियामा दास्रो वाइडवडी ल्याएपछि साउदी अरेविया, दमाममा सेवा सुरु गरिने साथै थप दुई न्यारोवडी आइसकेपछि कोलम्बो, याङ्गुलगायत स्थानमा सञ्चालन गर्ने लक्ष्य लिएको बताएको छ । त्यसैगरी, आन्तारिक उडानतर्फ अहिले भएको तीन ट्वीन–अट्टर, एक वटा एम ए ६० र एक वटा वाई १२ ई को अलावा अन्य विमानहरु थपेर यसका अतिरिक्त हेलिकप्टर सेवा समेत सञ्चालनमा ल्याउने योजना छ । निगमको तीन वर्षे सुधार कार्ययोजनामा आगामी छ महिनाभित्र विश्वभरीका २०० राष्ट्रहरुमा ई–टिकेट लागु गर्ने योजना बनाएको छ । निगमको हाल अन्तराष्ट्रिय उडानतर्फ चार, आन्तरिक उडानतर्फ पाँच वटा विमान सञ्चालन गरिरहेको छ । नेपालले ३८ मुलुकसँग हवाई सम्झौता गरिसकेको भएता पनि अहिलेसम्म निगमले जम्मा पाँच मुलुकका सात सहरमा मात्र सेवा सञ्चालन गरेको छ । निगमको यो कार्ययोजना कार्यान्वयन हुन सके एकातर्फ नेपाली हवाईक्षेत्रमा नयाँ युगको थालनी हुनेछ भने अर्कोतर्फ नेपाली पर्यटन प्रवद्र्धनमा समेत व्यापक प्रभाव पर्नेछ । राष्ट्रिय ध्वजावहाकको विश्वको सबैतिर उपस्थिती बढन सके त्यसले नेपालकै गौरव बढाउनेछ ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.