TOURISM TIMES

Devoted to Promote tourism in Nepal

मन्त्रीको ‘इन्ट्रेस्ट’ मा हटाइए पर्यटन सचिव

सन्तोष पोख्रेल
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पछिल्लो समय निकै प्रभावकारी काम गरिरहेका सचिव दिनेशकुमार थपलिया एकाएक हटाइएका छन् । मन्त्रालय स्रोतका अनुसार थपलिया पर्यटन मन्त्रालयमा आएयता कुरा भन्दा पनि काम नै गर्ने ‘ब्यूरोक्र्याटस’को रुपमा चिनिएका थिए । तर, पर्यटनमन्त्री आन्नदप्रसाद पोखरेलका विभिन्न ‘इन्ट्रेस्ट सर्भ’ गर्न नमानेपछि एउटै राजनितिक बिचारधारका थपलियालाई पर्यटन मन्त्रालयबाट एकाएक पोखरेलले Issue 3 Nepali 2016_Page_1हटाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार नेपाल वायुसेवा निगमको लागि वाईडवडी जहाज खरिद गर्ने निर्णयमा नै मन्त्री पोखरेल सन्तुष्ट छैनन् । सचिव थपलिया निगम संचालक समितिका सदस्य समेत रहेकोले उनले निगमको हित हुने र सहजताको सेवा प्रदानका निम्ति एयरवसको वाइडवडी जहाज खरिद गर्ने निर्णय गराएका हुन । तर, मन्त्री वोइङको वाइडवडी सँग एयरवसलाई प्रतिस्पर्धा गराएर कमिसन खाने लोभमा थिए । मन्त्री दिनदिनै वोइङका एजेन्ट्सँग भेट्ने र उनिहरुको लहलहैमा लागिरहेको आरोप समेत मन्त्रालयकै एक वरिष्ठ अधिकारीले लगाए ।
नेपाल पर्यटन बोर्डको अस्थिरतालाई पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठले गति दिने प्रयास गरेका भएपनि थपलियाले पूर्णकालिन सीईओ नियुक्त गराएर बोर्डलाई व्यवहारिक रुपमा नै गति दिनेकाम गरे । बोर्डमा सीईओ नियुक्त गर्ने विषयमा बोर्ड संचालक समितिकै अध्यक्ष रहेका थपिलयाले प्रभावकारी भूमिका निर्वाह गरे । उनले बोर्डको सीईओ नियुक्त गर्ने काममा पनि सकारात्मक भूमिका निर्वाह गरेका थिए । तर, यसमा पनि मन्त्री पोखरेल असन्तुष्ट रहेको सुत्र बताउँछ ।
किन हटाइए सचिव ?
मन्त्रालयमा मन्त्रीभन्दा सचिव प्रभावशाली देखिनु ।
निगमको वाइडबडी जहाज खरिदमा मन्त्रीको चलखेल ।
 पर्यटन बोर्डमा कर्मचारी राजनितीक नियुक्ति गर्न नपाउनु ।
 पशुपति विकास कोषमा प्रभाव बिस्तारमा मन्त्री असफल ।
 पार्टीमा सचिवको प्रभाव देखिनु ।
 सचिवले पर्यटनका विभिन्न निकायमा छिटोछरितो निर्णय गर्नु ।
त्यसैगरी नेपाल वायुसेवा निगमलाई अगाडि बढाउन नयाँ वाइडबडी जहाज खरिद, व्यवस्थापनमा सुधार तथा समयसापेक्ष विकासका लागि थपलियाले निगमलाई ३ वर्षे कार्ययोजना सार्वजनिक गर्न बाध्य पारेका थिए । निगमले नयाँ जहाज खरिदका लागि मात्र ३२ अर्ब रुपैयाँको योजना बनाएको र सचिव प्रभावशाली बन्दै जाँदा मन्त्रीले सो रकममा चलखेल गर्न नसक्ने निष्कर्ष निस्केपछि सचिव थपलिया एकाएक पर्यटनबाट हटाइएर सूचना तथा सञ्चार पुर्एयाइएका छन् भने उनको ठाउँमा सूचना तथा सञ्चार सचिव प्रेमकुमार राई ल्याइएका छन् । बोर्ड र निगम पर्यटनको प्रमुख निकाय भएको र सचिवले यी दुबै निकायमाका प्रभाव देखाउन थालेको मन्त्रीलाई चित्त नबुझेको स्रोतको दाबी छ । स्रोतका अनुसार यी दुई निकायमा चलखेल गर्न नपाउनु नै मन्त्रीको मुख्य असन्तुष्टि रहेको र थपलियाको पर्यटन मन्त्रालयबाट बर्हिगमनको प्रमुख कारण पनि त्यही नै हो ।
त्यसैगरी पर्यटन मन्त्रालय अन्तर्गतको पशुपति विकास कोषमा पनि यस अघि एमालेकै मान्छे राख्ने प्रयास असफल भएको थियो । पशुपति विकास कोषका सदस्यसचिव गोविन्द टण्डनलाई हटाउने प्रयासमा यसअघिका मन्त्री कृपासुर शेर्पाको कुनै कृपा नचलेपछि एमालेले आफ्नो मन्त्री हुँदा पनि आफ्नो प्रभाव जमाउन नसकेको असन्तु्ष्टि रहँदै आएकोमा मन्त्री र सचिवबीच कोषको विषयमा पनि बिमति रहँदै आएको थियो ।
त्यसैगरी मन्त्री र सचिव एउटै पार्टीका हुनु पनि थपलियाको बर्हिगमनमा कारण रहेको सुत्र बताउँछ । पार्टीमा थपलियाको पहुँच बढी हुँदा मन्त्रालयमा पोखरेल मन्त्री र थपलिया महामन्त्रीको भूमिकामा रहेको चर्चा चल्ने गरेको थियो । मन्त्रालयका अनुसार पर्यटन सचिव थपलिया गत भदौं १४ गते मात्रै क्षेत्रीय प्रशासकबाट पर्यटन मन्त्रालय आएका हुन् । थपलिया मन्त्रालय आएको ठिक पाँच महिना पछि माघ १४ गते मन्त्री पोखरेलले थपलियालाई संचार मन्त्रालय पठाएका हुन । सुत्र भन्छ–‘मन्त्री आएको तीन महिनामा उनले आफूभन्दा चलाख र निर्णय क्षमतामा खुवी भएका सचिव राख्दा आफ्नो इन्टे«स पूरा नहुने देखेपछि सरुवा गराएका हुन् ।
‘पर्यटन मन्त्रालय हेर्न होइन, आफू फेर्नलाई आएको’ भन्ने नारा दिएका पोखरेलले थपलियालाई हटाएर राई आएसँगै मन्त्रालयलाई कसरी अघि बढाउँछन भन्ने चासोको विषय बनेको छ । अहिले सरकारी स्वामित्वको निगम सबैभन्दा कमजोर अवस्थामा छ । पर्यटन मन्त्रालय अन्र्तगतको निकाय ताराँगाँउ विकास समिति पर्यटनकै सबैभन्दा धेरै सम्पति भएको समिति हो । यो निकायलाई नाफामा लैजाने र वायुसेवा निगमलाई प्रभावकारी रुपमा अगाडि बढाउने तथा नेपालमा आउन अन्य वायुसेवासँग प्रतिस्पर्धी बनाउने आधार मात्रै तयार गर्न सक्ने बाटो बनाएमा पोखरेल सफल हुने मन्त्रालयका अधिकारी बताउँछन । त्यस्तै, नेपाल पर्यटन बोर्डको सहज सञ्चालन, पर्यटकीय पूर्वाधार निर्माणमा तीब्रता र अहस्तक्षेपकारी भूमिका मन्त्रीले निर्वाह गर्नुपर्नेमा मन्त्रालयका अधिकारीहरु जोड दिन्छन |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 10, 2016 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: