TOURISM TIMES

Devoted to Promote tourism in Nepal

‘पर्यटन पूर्वाधारको आवश्यकता’

paryatan news

काठमाडौं । सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउनका लागि पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । उद्योग वाणिज्य महासंघको प्रवद्र्धन र मिडिया इन्टरनेसनलको आयोजनामा भइरहेको ‘आर्थिक सम्बृद्धि ः राष्ट्रिय वहस’ का बक्ताहरुले यस्तो बताएका हुन् । बहसको तेस्रो दिन विहीबार विज्ञहरुले विमानस्थलदेखि सडकको स्तरसम्म सुधार हुनुपर्ने बताए । निजी क्षेत्र २० लाख पर्यटकलाई सेवा सुविधाको पहुँच पु¥याउन सक्षम हुने भन्दै निजी पर्यटन क्षेत्रका हस्तीहरुले सरकारको तर्फबाट पूर्वाधारको विकास पुरा भएमा २० लाख पर्यटक भित्र्याउन असम्भव नहुने बताए । सरकारले पर्यटनका क्षेत्रमा लिने लक्ष्य उत्साहमुलक हुने गरे पनि त्यसको पूर्वाधारका लागि सरकार सधैं चुकेको उनीहरुले बताए ।
कार्यक्रममा पुर्वअर्थमन्त्री शंकर कोइरालाले सरकारले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गरेको तर त्यसको प्रतिफल नदेखिएको टिप्पणी गरे । विभिन्न कम्पनीहरुको जहाज थपिएको र व्यवस्थापनमा पनि सरकारले चासो दिएको उनले बताए । डिसेम्बर महिना सम्म लुम्बिनीमा १२ लाख पर्यटक पुगेको प्रसंङ्ग कोट्याउँदै कोइरालाले भने ‘पर्यटन बोर्ड जन्माउँदा सरकारले पर्याप्त अधिकार बोर्डलाई सुम्पिदिएको छ, विभिन्न विभागहरु पनि कार्यरत छन्, त्यसकारण पर्यटनका लागि सरकारले वातावरण बनाइदिएको छ, अव बोर्डसहित विभागहरुले आफ्नो जिम्मेवारी निभाउने हो ।’ उनले नेपालमा विजुली उत्पादन पछि पर्यटन नै प्रमुख आधार भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले १५ वर्षदेखि मुलुकको अर्थतन्त्रमा प्रगति नभएको भन्दै पर्यटनका लागि अझै पनि पुर्वाधारको अभाव रहेको उल्लेख गरे । काठमाडौंलाई मात्र पर्यटकीय केन्द्र नबनाएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पर्यटकहरुलाई पु¥याउनुपर्नेमा उनको जोड थियो । उपाध्यक्ष प्रधानले थपे ‘अस्थिर सरकारकै कारण काठमाडौंबाहेक अन्य क्षेत्रहरुको पर्यटनमा विस्तार र विकास हुन सकेको छैन ।’ कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटाले सरकार पर्यटन योजना अनुमोदनको क्रममा रहेको जानकारी दिए । पर्यटनका लागि सरकारले पछिल्लो पटक पुर्वाधारको विकासमा चासो दिएको दावी गर्दै सापकोटाले भने ‘माघ १ देखि गौतमबुद्ध विमानस्थलको काम अघि बढ्ने भइसक्यो, त्यस्तै पोखरा र निजगढ विमानस्थलको लागि पनि सरकारले प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ, यसलाई एउटा उपलव्धी ठान्नुपर्छ,’ उनले थपे ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि लगानीको प्रतिबद्धता आइसकेको छ, नयाँ एयरलाइन्स थप्ने प्रक्रियामा छौँ, त्यसकारण पूर्वाधारको विकासलाई लिएर निजी क्षेत्र हतोत्साहित हुनु पर्दैन ।’ कार्यक्रममा पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठले पर्यटनको विकासका लागि पुर्वाधारको विकास अपरिहार्य रहेको भन्दै पर्यटकहरु यहाँ आएपछिको अवस्था र उनीहरुको खर्च र व्यवहारिक प्रक्रियाको पनि मुल्याङ्कन हुनुपर्नेमा जोड दिए । उनले भने ‘विगतमा पर्यटनका लागि जति खर्च भएको छ, त्यसबाट हामी सन्तुष्ट हुने अवस्था छैन । नेपालको हवाई आकासलाई यूरोपियन युनियनले ब्ल्याक लिस्टमा राख्नु पनि पर्यटनका लागि एउटा बाधाजस्तो लाग्छ, त्यसलाई फुकुवा गर्नतर्फ पनि सम्वन्धित निकाय लाग्नुपर्ने देखिन्छ ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 8, 2015 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: