टुरिजम टाईम्स संवाददाता
काठमाडौं । कम्बोडियाको नोम्हपेन्हमा वार्षिक पाटा ट्राभल मार्ट २०१४ सम्पन्न भएको छ । यही सेप्टेम्बर १७ देखि १९ सम्म आयोजना भएको मार्टमा विश्वका ६० देशका १ हजार भन्दा प्रतिनिधिहरु सहभागी भएको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । मार्ट कम्बोडियाको पर्यटन मन्त्रालयको आयोजना गरेको थियो । मार्टमा ४ सय ५० विक्रि प्रतिनिधि र २ सय ३३ संस्थाहरुले ३ हजार वर्गमिटरको फ्लोर ओगटेका थिए । मार्टमा ३१ वटा देश तथा क्षेत्रका विक्रि गन्तब्यहरुको प्रस्तुति गरिएको थियो ।
मार्टको दुई दिन अघि आयोजना भएको ‘इन्टरनेसनल कन्फ्रेन्स अन कम्युनिटी डेभ्लपमेण्ट थ्रो टुरिजम’ मा ३ सय भन्दा बढी प्रतिनिधि सहभाग िभएका थिए भने आसियान टुरिजम डेभलमेण्ट फोरमले २ सय भन्दा बढी प्रतिनिधि आकर्षित गरेको थियो । त्यसैगरी मार्टमा ४८ देशका २५२ वटा संस्थाका २ सय ६६ खरीदकर्ता सहभागी रहेका थिए । मेलाको अन्तिम दिन ३ सय भन्दा बढी ट्रेड भिजिर्टसहरुब बीचको छलफल तथा अन्य गतिविधिले प्रर्दशनी हल गुञ्जायमान भएको थियो ।
मार्टमा नेपालको तर्फबाट पाटा नपाल च्याप्टर तथा ४ वटा प्रतिष्ठित कम्पनीहरु सहभागी भएका थिए । नेपालबाट सहभागी भएका कम्पनीहरुमा एसियन भृकुटी होलिडेज, एक्स्पलोर हिमालयन ट्राभल एण्ड एडभेन्चर, हिमालयन होलिडेज टे«क्स एण्ड टुर्स र सोल्टी क्राउन प्लाजाले भाग लिएका थिए । सहभागीहरुले मार्टमा विभिन्न देशका एजेण्ट तथा प्रतिनिधिहरुसँग भेटघाट तथा पाटा ट्राभल मार्ट २०१५ का लागि समेत तयारीको अवसर पाएको पाटाले जानकारी दिएको छ । मार्ट व्यवस्थित आयोजना तथा सहभागीहरुको सकारात्मक प्रतिक्रियाका कारण भव्य रुपमा सफल भएको पनि पाटाको विज्ञप्तिमा छ । मार्टमा कन्फ्रेन्स, प्रेस मिट लागायत विभिन्न कार्यक्रमहरु भएको थियो । मार्टको अर्को संस्करण २०१५ मा भारतको बैंग्लोरमा हुने पनि पाटा नेपालले जानकारी दिएको छ ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.