काठमाडौं – स्वस्थ्य प्रतिस्पर्धा गरेर ग्राहकलाई राम्रो सेवा दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीम आचार्यले होटल व्यवसायीसँग आग्रह गरेका छन । नेपाली होटल व्यवसायी संघको वार्षिक साधारण सभा तथा प्रवेशिका उतीर्ण छात्रा छात्रहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री आचार्यले कृषि, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउने व्यवसाय होटल व्यवसाय भएको बताए ।
होटल व्यवसायी नभनेर आजैबाट आफूहरुलाई पर्यटन व्यवसायी भनेर नामाकरण गर्न आग्रह गर्दै नेपाल पर्यटन बोर्डका कायम मुकायम कार्यकारी निर्देशक सुवास निरौलाले होटल व्यवसायीलाई व्यवस्थित बनाउन बोर्डको सहकार्य रहने प्रतिवद्दता व्यक्त गरे । नेपाली होटल व्यवसायी संघमा आफू हालसम्म सदस्य रहेको भन्दै होटल व्यवसायी महासंघ जन्माउनुमा नेपाली होटल व्यवसायी संघको ठूलो हात रहेको नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष अमृत भुजेलले बताए । कार्यक्रममा नेपाली होटल व्यवसायी संघका अध्यक्ष शेरबहादुर थापाले आगामी योजनाहरुका बारेमा उल्लेख गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा मन्त्री आचार्यले उत्कृष्ट अंक ल्याई प्रवेशिका उतीर्ण गरेका होटल व्यवसायीका छोरा छोरीलाई प्रमाणपत्र दिई सम्मान गरेका थिए जसमा न्यू गण्डकी गेष्ट हाउसका संचालक धनञ्जय तिवारीका छोरा नवराज तिवारीलाई मायाको चिनो प्रदान गरे ।
नयाँ गन्तब्यको खोजी गर्नुपर्नेमा जोड
काठमाडौं । प्राकृतिक दृष्टिकोणले नेपाल पर्यटकीय क्षेत्र भएको कारण पर्यटन क्षेत्रको खोजी गर्दै जानुपर्ने नेपाली काग्रेसका उप– सभापति रामचन्द्र पौडेलले बताएका छन । नेपालको पर्यटन प्रबद्र्धनमा होटल व्यवसायको भूमिका महत्वपूर्ण रहने पौडेलको भनाई छ । होटल व्यवसायी महासंघ र नेपाल पर्यटन बोर्ड बीच भएको साझेदारी कार्यक्रम पर्यटन तथा सिप विकास अभिवृद्धि सम्बन्धी चेतनामूलक तीन दिने कार्यगोष्ठीको समापन कार्यक्रमका प्रमुख अतिथि पौडेलले उक्त कुरा बताएका हुन । नेपालमा पर्यटन प्रवद्र्धन गर्न योजना बनाएर अगाडि बढन सकेको खण्डमो देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनले बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कायममुकायम कार्यकारी निर्देशक सुवास निरौलाले पर्यटकलाई दिने सत्कार, सम्मान, आधारभूत खाने, बस्ने जस्ता सानातिना कुराको उचित व्यवस्था महत्वपूर्ण हुने उल्लेख गरे । उनले होटल व्यवसायीलाई प्रहरी प्रशासनले गर्दै आएको विभिन्न समस्या र समयवृद्धि गर्ने कुरामा सुरक्षा निकायहरुसँग बोर्डले छिट्टै छलफल गर्ने वातावरण तयार गर्ने आश्वासन दिएका छन् । पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउन बोर्डले नयाँ योजनाहरु ल्याउन लागेको बताउँदै व्यवसायीहरुलाई अहिलेको युग भनेको प्राविधिक युग भएकोले यस्ता सामाजिक सञ्जालको उपयोग गरेर व्यवसाय वृद्धि गर्न समेत सुझाव दिएका छन् । नेपालीहरुले आफूले कमाएको पैसाको ७० प्रतिशत पैसा खानामा खर्च गर्ने गरेको सर्वेक्षणमा देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रणका महानिर्देशक जीवनप्रभा लामाले बताईन । सम्पूर्ण होटल व्यवसायीलाई उपभोक्ताप्रति उत्तरदायी हुनुपर्ने उनको धारणा छ । ‘खानाको प्रकार नेपालमा जस्तो अन्य देशमा नपाइने भएकोले सम्भाव्यताका थुप्रै ठाँउ रहेको छ’, लामाले भनिन् । पर्यटकहरु खानाकै कारण नेपाल फर्कन नचाहने र आफ्ना साथीहरुलाई पनि नजान सुझाव दिने गरेको पाइएकोले होटल व्यवसायले सुधार गर्दै जानुपर्नेमा समेत सहभागीले जोड दिए् ।
टानले भन्यो – बजेट आंशिक स्वागत योग्य
टे«किङ एजेन्सीज एसोसियन अफ नेपाल (टान) ले आव २०७१ । ०७२ को बजेट आंशिक स्वागत योग्य रहेको बताएको छ । दीर्घकालिन योजनाको रुपमा सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रम २०७१र०७२ स्वागत योग्य रहेको तर अल्पकालिन रुपमा रहेका पर्यटन क्षेत्रका आवश्यकताहरुमा भने बजेट मौन रहेको टानका महासचिव सागर पाण्डेले बताए । बजेट कार्यक्रमले नेपाललाई विश्वकै आकर्षक र सुरक्षित गन्तब्यको रुपमा प्रबद्धन गर्ने लक्ष्य लिएको बताइएको छ ।
बजेटमा पूर्व ताप्लेजुङ देखि पश्चिम दार्चुला सम्म जोड्ने दि गे्रट हिमालय टे«लले देशको उत्तरी क्षेत्रका करीब सबै पदयात्रा क्षेत्रहरुलाई समेट्ने भएकोले यसको प्रबद्र्धन जस्ता कार्यक्रम समेटिएका छन । यो टे«लले प्राय सबै उच्च हिमशिखरहरुको आधार शिविर छोएको छ ।
यसैगरी, सरकारले देशका सबै क्षेत्रका विमानस्थलहरुको निर्माण र मर्मत सम्भारका लागि रु। ७ अर्ब ८० करोड रकम विनियोजन गरेकोछ । यस योजना अनुसार जनकपुर, भद्रपुर र सुर्खेत विमानस्थलहरुमा विमानको सुरक्षित रात्रि उडान र अवतरणकालागि आवश्यक विभिन्न उपकरणहरु जडान गरिने कुरा बजेटमा उल्लेख गरिएको छ । साथै, बक्तव्यका अनुसार सरकारले देशको दोश्रो अन्तराष्ट्र्रिय विमानस्थलको रुपमा बाराको निजगढमा विमानस्थल निर्माण प्रारम्भ गर्न रु. ५ अरब विनियोजन गरेकोछ । यससंगै सरकारले विराटनगर, नेपालगंज र धनगढी विमानस्थलको स्तरोन्नतिको लागि थप योजनाहरु समेत सार्वजनिक गर्ने घोषणा गरेको छ ।
बजेटमा सरकारले पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न दुई अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा सञ्चालन हुने हवाई कम्पनीलाई सहुलियत दिने घोषणा गरेको छ । यस्तो कम्पनी कालागि कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्णरुपमा र त्यसपछि तीन बर्षसम्म पचास प्रतिशत आयकरमा छुट दिने घोषणा समेत गरेको छ । सरकारले देशको एकमात्र ध्वजावाहक विमानसेवाको रुपमा रहेको नेपाल वायु सेवा निगमलाई मजवुत बनाउँदै लैजान अगामी पाँच बर्ष भित्र १५ राष्ट्र्रिय र ७ अन्तराष्र्टि«य गरी थप २२ वटा नयाँ विमान खरिद गर्ने योजना सार्वजनिक गरेकोछ । त्यसैगरी, सरकारले रारा लगायत देशका विभिन्न प्रमुख ताल वरीपरि सुविधा सम्पन्न होटल रिसोर्ट निर्माण गरी सञ्चालन गर्ने व्यवसायीहरुलाई १० बर्षको लागि आयकर मिनाहा गर्ने घोषणा गरेको छ । यस विषयमा प्रतिक्रिया दिंदै महासचिव पाण्डेले, सरकारले थप ३ अर्ब ९२ करोड रकम पर्यटन पूर्वाधार विकास र साँस्कृति प्रबद्र्धनको लागि विनियोजन गरेको कुरा सकारात्मक रहेको तर यो रकम निति तथा कार्यक्रममा समेटिएको पर्यटन विकासको लागि नगन्य देखिने तर्क प्रस्तुत गरे ।
पाण्डेले पर्यटन विकासको मेरुदण्डको रुपमा देशको ध्वजावाहक र यसको सफल व्यवस्थापन नै भएको धारणा व्यक्त गर्दै सरकारले पञ्च बर्षीय हवाई योजना प्रस्तुत गर्दा नेपाल वायु सेवा निगमको व्वस्थापकीय पक्षमा केही नबोल्नु आफैमा आश्चर्यको विषय भएको तथा व्यवस्थापकीय सुधार विना नेपाल वायुसेवा निगममा गरिने लगानीबाट अपेक्षित प्रतिफलको आशा गर्न नसकिने बताउनु भयो । साथै नेपाल जस्तो देशमा पूर्वाधारको समयोचित विकास हुन नसकेको अवस्थामा पूर्वाधार विकासमा छुट्याईएको रकम अपुग देखिएको समेत बताए ।
यस बर्षको बजेटमा आफ्नो धारणा व्यक्त गर्दै महासचिव पाण्डेले सरकारको चालू आर्थिक बर्षमा साढे सात लाख पर्यटक पुग्ने अनुमान र आगामी आर्थिक बर्षमा १२ लाख पर्यटक भित्र्याउने लक्ष आधारहिन देखिएको र विना कुनै ठोस योजना एकै पटक साढे ४ लाख पर्यटन बृद्धि गराउने लक्ष कुनै पनि परम्परागत शैलीको पर्यटन पवद्र्धनबाट सम्भव नहुने बताए । साथै, उहाँले सरकारले यसकोलागि कुनै विश्वसनीय आधार र योजना प्रस्तुत गरेको नदेखिएको बताए ।
टिम्स तथा नेपाल पर्यटन बोर्डको पुनरसंरचना विषयक अन्तक्र्रिया सम्पन्न
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले श्रावण ०१ गतेका दिन आफ्ना सदस्य कम्पनीहरुका बिच पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) तथा नेपाल पर्यटन बोर्डको पुनरसंरचना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा टानको पश्चिमाञ्चल क्षेत्रीय च्याप्टरका प्रतिनिधिहरु सहित टानका साधारण सदस्य कम्पनीका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले टिम्स र नेपाल पर्यटन बोर्ड पुनरसंरचनाको लागि टानले वितरण गरेको प्रश्नावलीहरु भरेका थिए ।
अन्तक्र्रिया कार्यक्रमको सभापतित्व गर्दै टानका अध्यक्ष रमेश धमलाले उपस्थित सबैले अन्तक्र्रियामा सक्रिय रुपमा सहभागिता जनाउन हुन अनुरोध गर्दै पुनरसंरचनाको आवश्यकता र महत्वको बारेमा प्रष्ट पारेका थिए भने संघका महासचिव सागर पाण्डेले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमका सहभागीहरुले आफ्ना मन्तव्यका क्रममा विगतमा पनि नेपाल पर्यटन बोर्डको पुनरसंरचनाको लागि विभिन्न समितिहरु बनेका तर कुनै समितिको पनि सुझाव कार्यान्वयनमा आउन नसकेको प्रसङ्ग उदृत गर्दै स्थापनाको डेढ दशक पुरा भईसकेको यस संस्थालाई समय र पर्यटन उद्योगको मागलाई सम्बोधन गर्र्दै पुनरसंरचना गर्नुको विकल्प नरहेकोमा जोड दिएका थिए । त्यसैगरी, सहभागी सदस्यहरुले टिम्सको विद्यमान व्यवस्थापन प्रणालीमा व्यापक परिवर्तन ल्याई नेपाल भईरहेको गैरकानूनी पदयात्रा संचालनका गतिविधिलाई नियन्त्रण गर्न सक्षम बनाउनु पर्नेमा जोड दिएका थिए ।
टानले कार्यक्रमबाट संकलित प्रश्नावली र संकलित सुझावहरुको विश्लेषणका आधारमो नीजी क्षेत्रबाट नेपाल पर्यटन बोर्ड पुनरसंरचना सुझाव समितिमा प्रतिनिधित्व गर्ने टोलीलार्ई आफ्नो औपचारिक सुझाव पेश गर्नेछ भने यस प्रश्नावलीको प्रतिवेदन आफ्ना सदस्यहरु माझ परिपत्र समेत गर्नेछ ।
पदयात्रा पर्यटन मजदुरहरुको दैनिक ज्यालामा बृद्धि
पदयात्रा पर्यटन मजदुरहरुको दैनिक ज्यालामा बृद्धि भएको छ । ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) र पदयात्रा पर्यटन संग सम्बन्धित ४ वटा मजदुर संगठनहरु, अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ, अखिल नेपाल ट्राभल, टे«किङ, ¥याफ्टिङ तथा एअरलायन्स मजदुर संगठन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर संगठन र नेपाल पर्यटक श्रमीक संघले संयुक्त निर्णय गरी पदयात्रा पर्यटन क्षेत्रमा काम गर्ने भरिया मजदुर (पोर्टर) हरु तथा गाईड÷कुकहरुको दैनिक ज्यालामा क्रमशः रु।३०० र रु। २५० ले बृद्धि गर्ने सहमति भएको छ ।
टानको अघिल्लो कार्यसमिति र मजदुर संगठनहरु बीच भएको सहमतिको आधारमा यो सहमति सम्पन्न भएको हो । बृद्धि गरिएको ज्याला भत्ता अक्टोबर १, २०१४ देखि कार्यान्वयनमा आउनेछ । साथै ४ वटै मजदुर संगठन र टानको संयुक्त पहलमा नेपाल सरकारस“ग समन्वय गरी एक महिना भित्रमा मजदूर कल्याणकारी कोष सञ्चालन कार्यविधि निर्देशिका निर्माण गरी लागू गर्न पहल गर्ने र निर्देशिका निर्माण भई आएपछि तत्काल लागू हुने गरी टिम्सकोष बाट संकलित रकम मध्येबाट सामाजिक सुरक्षा अन्तरगत रही रु १,५०,००,०००।— (रु एक करोड पचास लाख) नघट्ने गरी मजदुर कल्याणकारी कोष स्थापना गर्ने सहमति भएको छ । मजदुरहरुको अन्य मागहरुलाई सम्बोधन गर्नकोलागि टानका द्वितीय उपाध्यक्ष कुल बहादुर गुरुङको संयोजत्वमा १२ सदस्यीय कार्यदलको गठन भई कार्यारम्भ गरेको हो ।
अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघले २०७१ जेठदेखि गरेको तालाबन्दी मिति २०७१ असार १३ गते बिहान ठिक ९ः०० बजे नेपाल प्रहरी, टानका सदस्यहरु, चारैवटा मजदुर यूनियन, टानका पदाधिकारीहरु एवं सदस्यहरुका साथै टान कर्मचारीहरुको उपस्थितिमा खुलाएको हो । मजदुर संगठनहरुले राखेका अन्य मागहरुलाई सम्बोधन गर्दै कार्यदलले ट्रेकिङका लागि फिल्डमा जाने मजदुरहरुलाई सम्बन्धीत कम्पनीबाट परिचय पत्र उपलब्ध गराउने व्यवस्था गर्ने, विदेशी पदयात्री पर्यटकले अनिर्वाय रुपमा नेपाली मजदुर लिएर मात्र पदयात्रामा जानु पर्ने व्यवस्था गराउन संयुक्त रुपमा नेपाल सरकारसंग पहल कदमी गर्ने, दुर्घटना विमाको लागि अधिकतम रुपमा लागू भएको इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेर अगाडि बढ्ने कार्यदलले जनाएको छ ।
२०७० पौष १० गते पोखरामा स्यान्चुरी होटल संघसंग भएको सम्झौता शीघ्र लागू गर्न कार्यदलले पहल गर्ने, टे«किङ कम्पनीमा काम गर्ने गाईड, कुक, शेर्पालाई चाडपर्व हेरी बार्षिक रुपमा रु ८ हजार प्रतिव्यक्ति चाडपर्व खर्च उपलब्ध गराउन तथा नेपाल सरकार, श्रम ऐनले तोकेको न्यूनतम तलब अनुसार कम्पनीमा काम गर्ने कर्मचारीलाई तलबको व्यवस्था गर्ने सम्झौता भएको छ । यसैगरी, टानले आफ्ना सदस्य कम्पनीहरुले गाईडलाई गु्रपका साथ पदयात्रामा पठाउँदा बजेट लिस्ट अनिवार्य पठाउन निर्देशन गर्ने, जनवरी १, २०१५ बाट मान्यता प्राप्त पथप्रदर्शकले मात्र गाईड गर्न पाउने व्यवस्थाको लागि संयुक्त रुपमा पहल गर्ने समेत सहमती भएकोछ । यो सम्झौता कार्यन्वयन हुनु भन्दा अगाडि सबै चेकपोष्टहरुमा टान र चारैवटा मजदुरहरुको प्रतिनिधिहरुको टोलीले तलब, भत्ता वृद्धि सम्बन्धी जानकारी गराउन एक गोष्ठीको आयोजना गर्ने र मिति २०६४ असोज १४ गते टान र अखिल नेपाल पर्यटन मजदुर संघ विच भएको सम्झौता अनुसार २ वर्ष लगातार काम गरेका (गाइड, कुक, शेर्पा) लाई सेवा सुविधा सबै खुलाएर नियुक्ति पत्र दिन सदस्य कम्पनीस“ग संयुक्त रुपमा पहल गर्ने सहमति भएको छ ।
नेपाली महिला पर्वतारोहीद्वारा के २ आरोहण
तीन नेपाली महिला पर्वतारोहीद्वारा विश्वको दोश्रो सार्वोच्च शिखर माउण्ट के२ ९८,६११ मीटरको सफल आरोहण गरेका छन ।
आरोहण टोलीका सदस्यहरु स्थानीय समय अनुसार जुलाई २६, शनिबार विहान ३ ः३५ बजे शिखरको चुचुरोमा पुगेको बताईएको छ । आरोहण सम्पन्न गर्ने प्रथम नेपाली महिला के२ आरोहण टोली २०१४ का तीन सदस्यहरु, ओखलढुंङ्गा निवासी माया शेर्पा ९३५०, दोलखा निवासी दावा यान्जुङ शेर्पा ९२५० र सोलुखुम्बु निवासी पासाङ ल्हामु शेर्पा रहेका छन ।
यस आरोहण कार्यक्रमलाई विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले सहयोग गरेको थियो । विश्व तापमानमा आएको बृद्धिका विषयमा जनचेतना अभिबृद्धि गर्ने प्रमुख उद्देश्यका साथ ‘परिवर्तनका लागि पर्वतारोहण’ नारा लिएर आरोहणमा प्रस्थान गरेको टोलीलाई सो मन्त्रालयले विदाई कार्यक्रम गरेको थियो । यस आरोहण कार्यक्रमलाई हिमाली महिला कल्याणकारी समाजले संयोजन गरेको थियो । साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) र ईसीमोडले पनि सो आरोहण कार्यक्रमलाई सहयोग गरेका थिए ।
यति एयरलाइन्सको वृक्षारोपण कार्यक्रम
काठमाडौ । यति एयरलाइन्सले कर्पाेरेट सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीमा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । बिहीबार कम्पनीले २ हजार ५ सय भन्दा बढी विरुवाहरु रोपेको छ । कम्पनीले उत्तर रामेश्वरम, ज्यातीर्लिङ्ग शिवपुरधाम, उत्तर वेहदी, धनगढी –४ लगायतका क्षेत्रहरुमा वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रम एक सातासम्म चल्ने कम्पनीले जनाएको छ । यस अवधिमा २० हजार विरुवाहरु रोप्ने बताइएको छ । कम्पनीले ग्रिन प्रोजेक्टको शुरुआत धनगढीको राइका टूर्स एण्ड ट्राभल्ससँग मिलेर सन २०१० मा गरेको थियो । अहिलेसम्म यस आयोजना अन्तर्गत कञ्चनपुर, कैलाली र डोटी जिल्लाहरुमा मात्र १ लाख ३० हजारभन्दा बढी बोट बिरुवाहरु रोपिइसकेका छन ।
वृक्षारोपण कार्यको आरम्भ गर्दै राइका टूर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक अमर शाहीले यस वर्ष यी जिल्लाहरुमा २० हजार भन्दा बढी बिरुवाहरु रोप्ने लक्ष्य रहेको बताए । यति एयरलाइन्सले यो योजनालाई सफल बनाउन धनगढी र नेपालगन्ज उडान क्षेत्रबाट प्रत्येक एकतर्फी टिकटमा २० रुपैयाँ र दुईतर्पिm टिकटमा ४० रुपैयाँ छट्टाउँदै आएको छ । ‘हामी वातावरणमा कार्बन उत्पादनबाट पर्ने असरलाई कम गराउन प्रतिबद्ध छौं, साथै हाम्रो उडानबाट यी क्षेत्रमा यात्रा गर्नुहुने यात्रु महानुभावहरुलाई पनि वातावरण संरक्षणमा वहाँहरुको योगदान रहेको महसुस गराउन चाहन्छौ’ यति एयरलाइन्सका बजार प्रबन्धक रोशन रेग्मीले भने ।
वृक्षारोपण कार्यक्रम प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह र तेइक्वाडो खेलाडी दीपक विष्टले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा स्थानीय नागरिक प्रतिनिधिहरु, सरकारी, सार्वजनिक, गैरसरकारी र निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यस आयोजना अन्तर्गत आजसम्म २ लाख ५० हजार विरुवाहरु रोपिइसकेको कम्पनीले बताएको छ ।
६ महिना भित्रमा पर्यटन विभाग सञ्चालनमा
काठमाडौं । सरकारले १६ वर्षअघि विघटन गरेको पर्यटन विभागलाई आगामी ६ महिना भित्रमा सञ्चालनमा ल्याउने भएको छ। सरकारले एक साताअघि पर्यटन विभाग बनाउने निर्णय गरेपछि आगामी ६ महिना भित्रमा आवश्यक पूर्वाधार तयार पारेर सञ्चालनमा आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए। उनका अनुसार दुई जना सहसचिवसहित ५८ जना कर्मचारी रहने गरी विभाग गठनको निर्णय सरकारले गरिसकेको छ । यसलाई कार्यान्वय गर्न आवश्यक तयारीका लागि बढीमा ६ महिना लाग्ने अनुमान मन्त्रालयको छ ।
हालको पर्यटन उद्योग महाशाखालाई नै विभागको रुपमा परिणत गरेर काम शुरु हुने मन्त्रालयको जानकारी दिएको छ । दुवै जना सहसचिव स्तरका एक जना महानिर्देशक र एक उपमहादिर्नेशक रहने यो विभागलाई हाल महाशाखाबाट भएको सबै काम र मन्त्रालय अन्तर्गतको पर्यटन पूर्वाधार विकास आयोजनका काम पनि हुने भएको छ। सरकारले १६ वर्षअघि पर्यटन विभाग विघटन गरेर नेपाल पर्यटन बोर्ड गठन गरेको थियो । बोर्डमा भएको पछिल्लो गतिविधिप्रति सन्तुष्ट हुन नसकेपछि सरकारले पुनः विभाग गठन गरेको बताएको छ । बोर्ड ऐन २०५५ अनुसार गठन भएकोले यसको काममा तत्काल कुनै हस्तक्षेप वा प्रभाव विभाग गठनबाट नहुने मन्त्रालयले बताएको छ। तर, बोर्डको अधिकार कटौति गर्दै जाने र यसमा हालसम्मको भएको लगानीबाट कुनै उपलव्धि नदेखिएको हुनाले विस्तारै बोर्डलाई प्रभावहिन बनाएर विभाग नै सक्रिय बनाउने तयारी सरकारले गरेको छ ।
बोर्डले गर्दै आएको पर्यटन प्रवद्र्धनको कामबाहेकका सबै पर्यटकीय गतिविधि विभागबाट नै हुने भएको छ। सरकारले भर्खरै निकासा गरेको ग्रेट हिमालय ट्रेलको प्रवद्र्धनको पाँच करोड विभागबाट नै खर्च गर्ने भएको छ । पर्यटन प्रवद्र्ध र विकासको काम बोर्डमार्फत हुने भएपनि मन्त्रालयले विभागलाई प्रभावकारी बनाउँन पर्यटन पूर्वाधार निर्माणसँगै प्रवद्र्धनको गतिविधि समेत बढाउँदै लैजाने भएको छ ।
पर्यटन पूर्वाधार विकास आयोजनाबाट भएका सबै आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास तथा पूर्वाधार निर्माणका काम विभागबाट नै हुने भएको छ। पर्यटकीय गतिविधिको नियमन, पर्यटकीय सुरक्षासहित महाशाखाले गर्दै आएको पर्यटकीय गतिविधिका संस्थाको दर्ता, अनुमति, रोयल्टी निर्धारण, राजश्व संकलनसहतिका सबै काम विभागबाट नै हुने भएको छ। विभाग गठनपछि मन्त्रालयको काम प्रभावकारी हुने अनुमान पनि सापकोटाले गरेका छन ।
पर्यटन बोर्डलाई सार्वजनि निजी साझेदारी (पीपीपी)का उपयुक्त नमूना भनेपनि नेपालमा सफल हुन नसकेको निष्कर्षमा पर्यटन मन्त्रालय पुगेको छ। पर्यटन मन्त्रीले पनि नेपाल पर्वतारोण संघले आयोजना गरेका एक कार्यक्रममा बोर्ड विरासताको डङ्गेल भएको बताएका छन्। मन्त्री आचार्यले बोर्डमा दर्जनौपटक बैठक बस्दा पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्वन्धि कुनै निर्णय नै हुन नसक्नु, निजी क्षेत्रका सदस्यबीच भएको असमझदारीकै कारण बोर्डले करीब तीन वर्षदेखी सीईओ नपाउनु, तथा वोर्डमा पर्यटन व्यवसायीले गरेको दुई महिनो हड्तालप्रति मन्त्रीले नकारात्मक दृष्टिकोण राखेका छन ।
नेपाल वायु सेवा निगमको उडान थप
काठमाडौं । नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । निगमले साउन १४ गते बुधबारदेखि काठमाडौं–भैरहवा–काठमाडौंको हप्ताको ६ दिन नियमित उडान गर्ने भएको छ । आइतबार एकदिन बाहेक अरु ६ दिन उडान गर्ने कार्यतालिका निर्धारण गरिएको निगमले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । निगमले अहिले हप्ताको दुईदिन बुधबार र शनिबार मात्रै काठमाडौं–भैरहवा–काठमाडौंको उडान गर्दै आएको छ । नयाँ तालिका अनुसार काठमाडौंबाट बिहान ११ बजे भैरहवाको लागि र अपरान्ह सवा १२ बजे भैरहवाबाट काठमाडौंको लागि उडान हुनेछ ।
हानले र सेइडबीच सम्झौता
काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) ले सष्टेनेवल एन्ड इफिसिएन्ट इन्डष्ट्रियल डेभलपेन्ट (सेइड) सँग सम्झौता गरेको छ । अब दुबै संस्था मिलेर उर्जाको उत्पादकत्व तथा बचत, फोहोर व्यवस्थापन र घर सुन्दर बनाउने उपायबारे चेतना जगाउने जनाइएको छ । हानका क्षेत्रीय च्याप्टर तथा देशभरका होटललाई यसबारे सिकाइने छ ।
सेइड युरोपेली युनियनले लगानी गरेको परियोजना हो । परियोजनाले नेपालको उर्जा अभाव र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्र्दै आएको छ । उर्जाको सही खपत तथा फोहोर व्यवस्थापन घर घरबाट सुरु गर्ने पर्ने संस्थाको जोड छ । सम्झौता पत्रमा हानका महासचिव विनायक शाह र सेइडका कार्यकारी निर्देशक डा रोवर्ट विमरले हस्ताक्षर गरे ।
कतार एयरवेजको ‘सेल एण्ड विन’ अफर
काठमाडौ । कतारको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स कतार एयरवेजले ट्रेड पार्टनरहरुका लागी ‘सेल एण्ड विन’ योजना ल्याएको छ । कतार एयरवेजले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त योजना ल्याएको बताएको हो ।
यस योजनामा विजयी हुने टे«ड पार्टनरले यामाहा मोटरसाइकल, सामसुङ मोबाइल र बिङ हृयुमन गिफ्ट जित्न सक्छन । कतार एयरवेजको कुनै पनि गन्तव्यमा तोकिएको परिमाणमा टिकट बिक्री गर्नेहरु यस योजनामा सहभागी हुन सक्नेछन । एयरवेजले योजनामा सहभागी एजेन्टहरुबाट लक्की ड्र गरेर बिजेता चयन गर्ने जनाएको छ । यस योजनामा सबैभन्दा बढी टिकट बिक्री गर्नेहरुबाट बिजयी हुने एक जनाले बजाज २०० एनएस पल्सर मोटरसाइकल, २ जनाले सामसुङ ग्यालेक्सी ग्रान्ड निओ मोबाइल र ३ जनाले ५ हजार रुपैयाँको बिङ हृयुमन गिफ्ट भौचर प्राप्त गर्न सक्नेछन । पहिलो पुरस्कार पल्सर मोटरसाइकलका लागि ५० वटा टिकट बिक्री गर्नेहरुले लक्की ड्रमा सहभागीता जनाउन पाउनेछन भने दोस्रो पुरस्कार मोबाइलका लागि ३० वटा टिकट र तेस्रो पुरस्कार गिफ्ट भौचरका लागि १० वटा टिकट बिक्री गर्ने एजेन्टले सहभागीता जनाउन पाउने कम्पनीले जनाएको छ ।
यो योजना जुलाई १ देखि सेप्टेम्बर ३१ तारिखसम्म लागु हुनेछ । योजनामा सहभागीता जनाउन यस अवधिमा माथि उल्लेख गरिएको परिमाणमा टिकट बिक्री गरेकै हुनुपर्छ । एयरवेजले अक्टोबरमा विजेताहरु घोषणा गर्ने जनाएको छ । कतार एयरवेजले १७ वर्षको छोटो अवधिमा आफ्नो उडानहरु विश्वभर र्पुयाउन सफल भएको छ । अहिले कतारले १३४ एयरक्राफ्टबाट विश्वका १४४ गन्तव्यमा उडान भर्दै आएको छ । खासगरी यूरोप, मिडल इष्ट, अफ्रिका, एशिया प्यासिफिक, नर्थ एन्ड साउथ अमेरिकामा कतार एयरवेजले उडान भरिरहेको छ ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.