TOURISM TIMES

Devoted to Promote tourism in Nepal

ह्रवाट द………………..! नाटक : हात्ती आयो, हात्ती आयो फुस्स

नेपालमा पर्यटन भन्ने व्यवसाय छ । यसको सञ्चालन गर्ने व्यवसायी छन । पर्यटन देशको राष्ट्रिय अर्थतन्त्रको मजबुत आधारस्तम्भ भएको कुरा पनि बजेट भाषण र मन्त्रीका भाषणमा बेला बेला सुन्न पाइन्छ । अब यस्तो महत्वपूर्ण व्यवसाय जसले बिदेशी डलर नेपाल भित्र्याउन मद्दत पुर्याउछ भनेपछि यो क्षेत्रको चर्चा सर्वत्र हुने नै भयो । अझ देशाँ बिदेशी पर्यटक भित्र्याउने भनेर नै सरकारले नेपाल पर्यटन बोर्ड भन्ने एउटा अपिस पनि खोल्याछ । अहिले देशाँ पर्यटक आउन नआउन यो अपिसका कर्मचारीलाई भने सधैं दशैं लागिरहन्छ । यो अपिसका निमित्त प्र्रमुखले अब कति दशैं मात्र मनाइरहनु भनेर एकैपटक क्रिसमस, इद, तिहार, टोमाटो फेस्टिबल, साम्बा, साँढे जुँधाई सम्म मनाउने गरेर बोर्डको ढुकुटीबाट दिनहुँ उत्सव मनाउने काम गरिरहेको कुरा जब बाहिर आयो । यो देशको पर्यटनको मुख्य स्टकहोल्डरको उपाधि सहित व्यवसायीहरु बिरोधको मैदानमा उत्रिहाले । करीब दुई महिना आन्दोलन गरे, अनसन बसे, बोर्ड बन्द गरे । पर्यटन बोर्डमा गुरुकुलमा भन्दा खत्रा नाटक चल्यो करीब दुई महिना । यो बीचमा कहिले मन्त्रीले, कहिले सचिवले, कहिले व्यवसायीले, कहिले सुवास निरौलाले आ–आफ्नो ठाउँबाट जोडदार अभिनय गरे । प्रचण्ड, बाबुराम, देउबा, रामचन्द्र, बिद्या भण्डारी सम्मले अतिथि कलाकारको भूमिका निर्वाह गरे । नाटक हाउसफुलकै मुडमा चलिरह्यो नेपाल पुलिसले पनि एकदिन नाटकमा मरमसला सहित एक्सन थप्यो । ओहो नाटक त गजप पो चल्न थाल्यो । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्मै नाटकको चर्चा चल्न थाल्यो । नाटकका असली हिरो सुनिल पोख्रेलको गुरुकुलमा भन्दा नाटक त पर्यटन बोर्डमा पो फुलहाउस चल्न थाल्यो ।
यस्तो गजप चलिरहेको नाटकलाई बन्द गराउन एकाएक पर्यटन मन्त्रालय भिलेन बनेर खडा भयो । मन्त्रालयका मन्त्री जो नाटकका प्रमुख कलाकारका रुपमा थिए उनले नाटक खेल्न समय नपुगेको बताए । दोश्रो कलाकार मन्त्रालयका सचिवले पनि अब नाटक धेरै दिन नखेल्ने भनेर विश्राम लिन चाहे । मुख्य चरित्र अभिनेता पर्यटन बोर्डका प्रमुख कार्यकारीले पनि नाटकलाई अर्को ढंगमा अघि बढाउन चाहे । नाटकका अन्य व्यवसायी कलाकार पनि थकित मुद्रामा नाटक समाप्तिको प्रतिक्षा गर्न थाले । यस्तोमा नाटकका मुख्य ३ खेलाडीले नाटकको समापनका लागि शकुनी चाल चले । व्यवसायी मख्ख परे र नाटक समाप्तिको घोषणा गरे । प्रस्तुत छ यहाँ सो नाटकका केही दृश्यहरु ः
समापन अघिका दृश्यहरु
दृश्य १ ः डे २४– पर्यटन बोर्डको प्राङगणमा एक हुल व्यवसायीहरु छन । यस्तोमा केही व्यवसायीहरु रिले अनसनका लागि सयपत्रीको माला लगाएर बसिरहेका छन । केहीको मुहारमा हल्का जोश भएपनि केहीको मुहारमा भने सयपत्री ओइलाउँदै गएको जस्तो छनक पाइन्छ ।
दृश्य २ : पर्यटन बोर्डका कर्मचारी अफिस आउँछन, हाजिर गर्छन, यसो गफ गर्छन र घर फर्किन्छन । हरेकको मुहारमा निरौलाको नजर परेजस्तो उदासी झल्किरहेको देख्न सकिन्छ ।
दृश्य ३ ः मन्त्रालयमा सचिवज्यू मन्त्रीज्यूसँग वार्तामा हुनुहुन्छ । हँसीमजाकको मुड छ । मन्त्रीज्यूले पर्यटन बोर्ड बन्द भएको धेरै समय भयो अब केही गरेर समस्या समाधान गर्ने हो कि भनेर सचिवज्यूलाई सोध्नुहुन्छ । सचिवज्यू मुसुक्क हाँसेर यसलाई कन्टिन्यू हुन दिउँ अब धेरै दिन टिक्दैनन, थाकिसके भन्ने निवेदन जाहेर गर्नुहुन्छ । अन्त्यमा व्यवसायीको आन्दोलन फिर्ता नभएसम्म वार्ता नहुने बक्तव्य जारी हुन्छ । जुन वक्तव्य सुवास निरौलाका बाहुलीबाट मन्त्रालयमा हस्तान्तरण गरिएको हुन्छ ।
दृश्य ४ ः आन्दोलन कन्टिन्यु छ भन्दै व्यवसायी पत्रकार सम्मेलन गर्छन । यस्तोमा बोर्डमा राजनितिक दलका प्रमुख अभिनेताहरु पनि अतिथि कलाकारको भूमिका निर्वाह गर्न आइरहेका छन । नाटक झन जोडदार हुँदै गाको छ ।
दृश्य ः ५ डे ३०– मन्त्रालय अब नाटकमा हल्का परिवर्तन गर्न चाहन्छ । यसैले उसले भष्ट्राचार छानविन समितिे नाममासमिति बनाएको घोषणा गर्छ । आफ्नै आसेपासेलाई मात्र नाटकमा कलाकार चयन गरेको भन्दै व्यवसायी नाटकको परिवर्तन अस्वीकार गर्छन ।
दृश्य ६ डे ४५ ः नाटक कन्टिन्यु नै छ । अभिनय सबैको उस्तै छ ।
दृश्य ७ डे ५० ः नाटकमा एकाएक परिवर्तन हुन्छ । मन्त्रालयले व्यवसायीको माग अनुसार नै छानविन र पुर्नसंरचना समिति गठन गरेको छ । व्यवसायीको अनुहारमा खुशीको चमक छ ।
दृश्य ८ डे ५६ ः व्यवसायीले पत्रकार सम्मेलन गरेर नाटक अन्त्यको घोषणा गरेका छन । दर्शकहरु सबै पाखा लागेका छन । कलाकारहरु सबै यथावत काममा फर्केका छन ।
समापन पछिका दृश्यहरु
एकैदृश्यमा ः नाटक समापनको खुशीयालीमा व्यवसायी मख्ख पर्छन । उता मन्त्रालय खुशी, मन्त्री खुशी, बोर्डका निमित्त प्रमुख खुशी हुन्छन । एकाएक नाटकले एकपक्षीय रंग लिन्छ । नाटकका प्रमुख कलाकार सुवास निरौला केही सुरक्षाकर्मी, केही आफन्त, केही चाटुकार, केही डन र बाउन्सर बोकर पर्यटन बोर्ड प्रवेश गर्छन । माला र अबीरमा सजिएर बडो गर्वका साथ उनले बोर्डमा परिक्रमा गर्छन । चाटुकारहरु ताली बजाउँछन र उनको बिरोध गर्नेलाई गाली गर्छन । आफ्नो कार्यकक्षमा पसेर उनले मन्त्री र सचिवलाई फोन लगाउँछन । व्यवसायीलाई मिलाएइर साइड लगाएकोमा ३ जनाले नै मिलेर ताली बजाउँछन । व्यवसायी भद्र सहमति उल्लघंन भएको भन्दै विरोधको वक्तव्य प्रकाशन गर्छन । आन्दोलनको धम्की दिन्छन । भष्ट्रचारको मुख्य आरोपी नै छानविन गर्ने संस्थाको प्रमुख बनेर कसरी छानविन गर्न देला भनेर कराउँछन । मन्त्री, सचिव र निरौला मिलेर एकै स्वरमा भन्छन ‘भष्ट्रचारको छानविन कसलाई गर्नु छ र, हामी त मिलेर यसको जर्गेना गने पो हो ।’ एकसाथ तिनैजना अटट्हास हाँसो हाँस्छन ‘व्यवसायीलाई हात्ती आयो हात्ती आयो फुस्स’ । नाटक कन्टिन्यू नै छु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 20, 2014 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: