TOURISM TIMES

Devoted to Promote tourism in Nepal

नेपालललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सरकारी घोषणा

सरकारले नेपालललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने घोषणा गरेको छ । पर्यटनलाई उच्च् प्राथमिकता दिएको सरकारको दाबीसँगै गत आइतबार सार्वजनिक भएको बजेटमा मुलुकको पर्यटन विकास तथा प्रवद्र्धनका लागि सरकारले ३ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा रामशरण महतले नेपाल वायुसेवा निगममा आगामी ५ वर्षभित्र आन्तरिक उडानतर्फ १५ वटा र अन्तर्राष्ट्रियतर्फ ७ वटा नयाँ जहाज सञ्चालनमा ल्याउने उल्लेख गरेका छन । त्यस्तै बजेटमा रारा ताल र अन्य महत्वपूर्ण तालका किनारमा रिसोर्ट निर्माण गर्ने पर्यटन व्यवसायीलाई १० वर्षसम्म आयकरमा छुट दिइने उल्लेख गरिएको छ । त्यस्तै, पोखराको फेवातालमा म्यूजिकल वाटर फाउन्टेन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गरिने भएको छ ।

विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलहरुलाई सुविधासम्पन्न क्षेत्रीय विमानस्थल बनाउने, जनकपुर, भद्रपुर र सुर्खेत विमानस्थललाई रात्रीकालीन अवतरणयोग्य बनाउने बताइएको छ । मुलुकभर विमानस्थल निर्माण, सुधार र अध्ययनका लागि सरकारले बजेटमा ७ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिकीकरण, भैरहवा र पोखरा विमानस्थलको स्तरोन्नतीका लागि काम अगाडी बढाइने भएको छ ।
बजेटमा ताप्लेजुङदेखि दार्चुलासम्मको उच्च पहाडी ग्रामीण पर्यटन मार्गलाई पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत द ग्रेट हिमालयन ट्रेल अवधारणालाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ । लुम्बिनी र पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा तिब्रता दिने, अन्य धार्मिक पर्यटकीय स्थलहरुको विकास गरेर धार्मीक पर्यटन विकास गर्ने पनि सरकारको लक्ष्य रहेको छ ।
खिलराज रेग्मी सरकारले पर्यटन प्रवद्र्धनमा जोड दिँदै मुलुकका पाँचवटै विकास क्षेत्रलाई समेट्ने गरी श्रीअन्तु, टिष्टुङ, ढोरपाटन, रानीमहल, रारा, खप्तड, रामारोशन र चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकासमा बजेट छुट्टाएको थियो ।

मुलुकका विभिन्न स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययन, निर्माण, स्तरोन्नती र जग्गा अधिग्रहणका लागि १ अर्ब ८१ लाख विनियोजन गरेको थियो । त्यस्तै, टीकापुर, डोल्पा, रुकुम, इलाम, लामीडाँ र भोजपुर विामनस्थल निर्माण र स्तरोन्नतीमा जोड दिइएको थियो । रारा, सिमीकोट र लुक्ला विमानस्थललाई साधन सम्पन्न बनाउने, पाल्पामा पर्यटकीय विमान स्थल र उदयपुरमा त्रियुगा विमानस्थलको सम्भाव्यता अध्ययन गरिने बजेटमा कार्यक्रम राखिएको थियो । त्यस्तै बिमानस्थलमा यात्रुभवन, अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सुरक्षा अभिवृद्धि गर्न नयाँ राडार तथा अत्याधुनिक प्रणाली जडान गर्ने र यसको क्षमता विस्तार गर्ने, विराटनगर, जनकपुर, नेपागञ्ज र सुर्खेत विमानस्थललाई हव विमान स्थलको रुपमा स्तरोन्नती गर्ने पनि सरकारले बजेटमा उल्लेख गरेको थियो । पर्यटक पदमार्ग र हरियाली क्षेत्र विकासका लागि ६३ करोड बजेट छु्ट्टाइएको थियो । नाफामा सञ्चालित सबै सार्वजनिक संस्थान र ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रत्येक वर्ष सात दिनका लागि नेपालभित्रका पर्यटकीय स्थलहरुमा संस्थाहरुको खर्चमा अनिवार्य भ्रमण गर्ने व्यवस्था गरिएको थियो ।

पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरुको जिर्णोद्धार, संरक्षण र संवद्र्धनका लागि १३ करोड रुपैयाँ छुट्टाइएको थियो । त्यस्तै, सांस्कृतिक प्रतिष्ठान र संग्राहलयहरुको सुदृढिकरणका लागि ४३ करोड रुपैयाँ बजेटमा व्यवस्था गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 20, 2014 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: