यस्तो छ निरौलाको महाजाल
टुरिजम टाइम्स संवाददाता |
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौला ६ हप्तयता आफ्नै कार्यालय आउन सकेका छैनन । निजी क्षेत्रका व्यवसायीहरुले भष्ट्रचारी घोषणा गर्दै निरौलालाई कार्यालय प्रवेशमा रोक लगाएपछि निरौला यतिबेला बाहिरै बसेर व्यवसायी र आफ्नै कार्यालयका कर्मचारीमाथि मुद्दामामिला गरिरहेका छन ।
यसैबीच निरौलाले पर्यटन बोर्डमा जागिर शुरु गरेयता गर्दै आएका अनेकन विवादास्पद कार्यबारे टुरिजम टाइम्सलाई एउटा गोप्य कागजात फेला परेको छ । जसमा निरौलाले विगतदेखि वर्तमानसम्म गर्दै आएका खराब कामको फेहरिस्त नै छ । पर्यटन बोर्डमा रहेर पर्यटन बोर्डलाइ खोक्रो बनाएका निरौलाका बारेमा प्राप्त गोप्य कागजातका बुँदाहरु यसपालि टुरिजम टाइम्सका पाठकहहरुका लागि ।
के—के गरे पर्यटन बोर्डमा रहेर निरौलाले
१. सन् २००० मा नेपाल पर्यटन बोर्डमा निर्देशक पदका लागि निबेदन दिएका सुभाष निरौला छनौट प्रक्रियाको बेलामा सर्टलिष्टमा पनि परेनन । तर, राजनैतिक शक्तिको बलले तत्कालीन बोर्डको विनियमावलीको गलत ब्याख्या गर्न लगाइ गैरकानूनी हिसावले निर्देशकको पदमा आफ्नो नाम सर्टलिष्टमा पारी छनौटभएको र बेला बेलामा आफू को हो भन्ने दर्शाउन कर्मचारीहरुलाई ‘म भित्ता फोरेर आएको मान्छे’ भनि फूर्ती लाउने गरेको ।
२. अमेरिकाबाट एक वर्षे कोर्सको प्रमाणपत्र लिएर त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर कोे समस्तर (इक्यूभ्यालेन्ट) निर्धारण गर्न लगाई कानून विपरित नियुक्ती लिएको । पर्यटन बोर्डमा निर्देशकको नियुक्ति लिई सकेपछी मात्रै उक्त समस्तर लगेको । र यो समस्तर लग्दा त्रि.वि.का कर्मचारीलाई प्रभावमा पारी लिएको र पछी निजलाई रसिया भ्रमणमा पठाएको ।
३. नियुक्ती लिइसकेपछी आफूभन्दा बरिष्ठ कर्मचारीहरुलाई नटेर्ने र आफू खुसी निर्णय गरी खर्च गर्ने गरेको । यसले गर्दा प्रारम्भिक लेखा परिक्षणको प्रतिबेदनमा निरौलानै प्रमुख रहेको विभागको लाजमर्दा बेरुजुहरुदेखिने गरेको । बोर्डमा हालसम्म भए, देखिएका नानाथरीका भ्रष्टाचारको मुद्दा मामिला लगायतका उजुरी निरौलाले गरेका कार्यक्रमहरुको बारेमा अत्याधिक मात्रामा परेको । तर लेखा परिक्षकहरुलाई समेत विभिन्न तरिकाले प्रभावमा पार्ने र शक्तिकेन्द्रलाई रिझाएकाले सजाय हुन नसकेको ।
४. बोर्डको भृकुटीमण्डपको पर्यटक सेवा केन्द्रमा नेपाल जातीय संग्रहालय बनाउने क्रममा एउटै कामलाई विना टेण्डर टुक्रा–टुक्रा पारी एउटै कम्पनीलाई बनाउन दिएकोमा निरौलालाई कारवाही गरिएको । उक्त संग्राहलय कार्य इन्जिनीयर दिपेश भट्टराई मार्फत गरेको ।
५. डेष्टिनेशन नेपाल क्याम्पियन २००२।०३, पोखरा भ्रमण वर्ष २००७, नेपाल भ्रमण वर्ष २०११ जस्ता पर्यटन अभियानको समयमा नेपाल सरकार र बोर्डको स्रोत र साधनको चरम दुरुपयोग गरेको । बोर्डबाट पेश्की रकम लिने तर फर्छयौट नगर्ने निज निरौलाको बानीनै बनेको ।
६. आफू निर्देशक हुँदा खर्च गर्ने अधिकार नभएको भनी तत्कालिन कार्यकारी प्रमुखलाई बारम्बर भन्ने गरेको । त्यतिबेला सबै निर्देशकहरुलाई तीन लाख रुपैयाँसम्मको कार्य गर्ने अधिकार दिएको । तर हाल आफू प्रमुख हुँदा कुनै पनि निर्देशकलाई खर्च गर्ने अधिकार नदिई राज्यको सार्वजनिक संस्था र सम्पत्तिलाई निजी सम्पति जस्तो गरी छोरा आभाष, छोरी आयूषा, श्रीमती संगीता, ज्वाँईहरु प्रमोद र रेवत बस्नेत जस्ता आफ्ना नातागोता, केही पुर्व मन्त्रीहरु, यज्ञ गौतम र सुशिल घिमिरे जस्ता सचिवहरु, रन्जन अर्याल जस्ता सहसचिवहरु र राजनैतिक व्यक्तिहरुलाई रिझाइ बोर्डलाई नितान्त निजी कम्पनी सरह चलाएको ।
७. कर्मचारीहरुलाई अनावश्यक डर, धम्कीमा काम गर्न बाध्य पारेको, सकारात्मक सुझावहरु समेत नसुनी सस्थालाई संबेदनहीन बनाई कर्मचारीहरुको उत्साह मारेको । निरौलाले आफ्नो हनुमन्ते कोटेरी मार्फत बोर्डका निर्देशकहरुलाई समेत निर्णयहरुमा सहभागी नबनाई तानाशाही प्रवृतिले बोर्डको राजस्व स्वाहा पारेको । विगत दुई वर्ष (२०६९ र २०७०) मा कर्मचारीहरुको कार्यसम्पादन पनि नगरि दुई वर्षको ग्रेड समेत रोकी राखेको ।
८. कर्मचारीहरुलाई विदेश तथा स्वदेश भ्रमणमा आफूखुशी आफ्नो नजिकको कर्मचारीहरुलाई मात्र सहभागी गराउने गरेको । तर, निज निरौला भने आफूखुशी आफूभन्दा माथिको आदेश विना आफैले पेश गर्ने र आफैले स्वीकृत गरी भ्रमण भत्ता आदि लिने गरेको ।
९. आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने बहानामा घरायसी कामकाजका लागि एक वर्षमा ५० औं पटक बोर्डको भत्ता लिई विराटनगर भ्रमण गरेको । विराटनगर बाहेक निज निरौलाले नेपालका अन्य स्थानहरुको विरलै भ्रमण गरेको ।
१०.प्रचण्डमान श्रेष्ठको पदावधि २०६८ कार्तिक १६ मा समाप्त भएपछि बोर्डको कार्यकारी प्रमुख नभएको अवस्थामा केही समय बरिष्ठ निर्देशकको हैसियतमा निरौलालाई कार्यकारी समितिले निमित्त प्रमुखको पदमा निश्चित शर्तमा कार्यालय संचालन गर्न दिएको । पछि नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावलीको ११.१ (क) अनुसार एक ब्यवस्थापन समितिबाट कार्य हुदै आएकोमा निरौलाले बोर्डलाई अनुचित प्रभावमा पारि सम्पूर्ण शक्ति हत्याएको र अनियमितता झन् बढी गर्देै गएको ।
११. बोर्डका कर्मचारीहरुलाई सूचना प्रविधिको तालीम दिएको भनि नककली बिल मार्फत भुक्तानी दिलाई रकम हिनामीना गरेको तर कर्मचारीहरुले कुनै तालीममा सहभागी नरहेको जनाएका । कार्यक्रम नै नगरी तालीम प्रदान गरेको, टिसर्ट र क्याप उत्पादन गरि वितरण गरेको, लन्च डिनर खुवाएको भनि रकम हिनामीना गरेको ।
१२.निमित्त र का.मु. कार्यकारी प्रमुख पद हत्याएपछि अनावश्यक रुपमा विदेश भ्रमण गर्ने, इकोनोमि क्लासमा यात्रा गर्ने तर दोब्बर महंगो बिजनेस क्लासको बिल पेश गर्ने , मनपरि ढंगले असिमित भैपरि आउने खर्च आँफै स्वीकृत गरि लिएर बोर्डको लाखौं रकम दुरुपयोग गर्ने गरेको ।
१३. विदेशमा तालिम कार्यक्रमहरुमा बारम्बार आफै जाने र नेपाललाई लज्जित हुने गरि प्रस्तुत भएको ।
१४.बिना प्रतिस्पर्धा र एउटै कामलाई टुक्राएर की एडभरटाइजिड नामक कम्पनीलाई हरेक वर्ष करोडौं रकम दिने गरेको ।
१५.नेपाल भित्र पर्यटन मेलाको नाँउमा हरेक वर्ष करोडौं रकम हिनामिना गरेको । र उक्त मेलाहरुको कि एडभरटाइजिंग र पेसा एड कम्पनीले नै सम्पूर्ण ठेक्का लिए सरह काम गर्ने गरेको ।
१६. बोर्डका कार्यकारी सदस्य रेवत बहादुर थापालाई पूर्वाञ्चल पर्यटन प्रवद्र्धनका नाँउमा लाखौं रकम व्यक्तिगत स्वार्थका लािग उपलब्ध गराएको ।
१७. प्रशिक्षार्थी कामदारका रुपमा आफ्ना नातेदार र प्रभावशाली व्यक्तिका आफन्तलाई बोर्डमा जागीर दिलाएको र बोर्डलाई प्रतिवर्ष ७५ लाख भन्दा बढीको अािर्थक व्ययभार थपेको । यसमा अदालका रजिस्टार नकुल सुवेदीकी श्रीमती, पूर्व मन्त्री रामकुमार श्रेष्ठकी बुहारी र भान्जी, सचिव सुशील घिमिरेका नातेदार, अख्तियार प्रमुख लोकमान सिं कार्कीका नातेदार, लगायत थुप्रै आफ्ना नातेदारहरुलाई १२,००० देखि ३५,००० सम्म तलब दिई बिना कुनै प्रतिस्पर्धा जागिर खुवाएको ।
१८. नेपाल पर्यटन बोर्ड र त्च्एब्ए का उपकरणहरु, कम्प्यूटर, सवारी साधनहरु घरमा लगेर राखेको ।
१९. घरका कामदारलाई समेत बोर्डबाट तलव खुवाउने गरेको ।
२०. बोर्डको मुख्य उद्देश्य विपरित निजी क्षेत्र मैत्री र अन्तर्राष्टिय प्रवद्र्धनका कार्य नगरी बोर्डको छवी ध्वस्त बनाएको ।
२१. बोर्डका वरिष्ठ निर्देशक श्री नन्दिनी लाहे थापालाई नियम बिपरित बोर्डका खाता संचालन गर्ने अधिकार खोसेको र कार्यकारी समितिले खाता संचालन गर्न बारम्बार दिएको निर्देशनको अटेर गरेको ।
२२. बोर्डका महत्वपूर्ण कागजात, चेकबुक, छाप लगायतका सामग्रीहरु आफ्नो घरमा लगेर राख्ने गरेको र व्यक्तिगत लाभका लागि त्यसको दुरुपयोग गर्ने गरेको ।
२३. बोर्डले उपलब्ध गराएको सुविधाको सवारी साधन र इन्धनको व्यापक दुरुपयोग गरेको । सवारी साधनको नक्कली मर्मत सम्भारको बिल बनाउने र कर्मचारीलाई धम्काएर बढी इन्धन सुविधा लिने गरेको ।
ं२४. बोर्डको स्रोत र साधनको दुरुपयोग गरि मोरडको बकराबारीमा सिसौलिया फार्म हाउस खोलेको । बोर्डमा अनावश्यक रुपमा निर्माण कार्य र मर्मत सम्भार गर्न लगाएर कागजात मिलाइ आफनो निजि घर र फार्म हाउसमा लगानी गरेको ।
२५. बोर्डको उपसमितिले पेश गरेको नेपाल पर्यटन बोर्ड आर्थिक कार्यविधि तथा विनियमावली २०७० लाई मनपरि ढंगले संशोधन गरि सार्वजनिक खरिद ऐन २०६३ र अन्य प्रचलित आर्थिक ऐन कानूनको धज्जी उडाएको ।
२६. बोर्डको कार्यकारी समितिको निर्णय बेगर अदालतमा आफुखुशी बोर्डका नामबाट नालिस तथा उजुरी गरेको ।
२७. आफुले गरेका अनियमितताको ढाकछोप गर्न नियमविपरित कागज धुल्याउने र नष्ट गरेको ।
२८. नेपाल पर्यटन बोर्ड ऐन २०५३ बमोजिम निजि क्षेत्रका पर्यटन व्यवसायीसंग समन्वय र सहकार्य गरि पर्यटनको विकास र प्रवद्र्धन गर्नुपर्नेमा निजिक्षेत्रको अपमान र अपहेलना हुने सार्वजनिक अभिव्यक्ति दिई गैरजिम्मेवारीपन देखाएको ।
२९. छोरा छोरीको विवाह र अन्य घरायसी कार्यहरु गर्दा बोर्डका नियमित सप्लायर्सबाट निमन्त्रणा कार्ड छाप्ने, भोज खुवाउने र उपहार दिने जस्ता कार्यहरु गराएको ।
३०. विदेश भ्रमणमा जाँदा बिदेशमा निजि प्रयोजनका लागि इलेक्ट्रोनिक सामग्री, महंगा अत्तरहरु खरिद गरि बिदेशीलाई नै उपहार दिएको विवरण पेश गरेको तर त्यसता सामग्रीहरु आफैले प्रयोग गर्ने गरेको ।
३१. आफु पनि कुनै काम नगर्ने अरुलाई पनि विभिन्न बहानामा काम गर्न नदिने बाँदर प्रवृत्ति नियमीत रुपमा देखाउने गरेको ।
३२. एउटै सप्लायर्सलाई एउटै प्रकृतिको काम बिना प्रतिस्पर्धा वर्ष भरिनै दिएर प्रत्येक वर्ष करोडौं रकमको दुरुपयोग गरेको ।
३३. बोर्डको कर्मचारी नियमावली विपरित कर्मचारीको बढुवा र सरुवा गरि बोर्डलाई एकलौटी ढंगले संचालन गरेको । वरिष्ठ अधिकृतहरु हुँदा—हुँदै अनुभवहीन र अयोग्य आफुनिकट कर्मचारीहरु अनिल दास, उदय भट्टराई र नबिन पोख्रेललाई लेखा आर्थिक प्रशासन महाशाखामा सरुवा गरी महत्वपूर्ण जिम्मेवारी दिएको ।
३४. कानून विपरित नेपाल पर्यटन बोर्ड आर्थिक कार्यविधि तथा विनियमावली २०७० तयार गरि लागु गरेको र हाल सम्म सार्वजनिक नगरेको र बोर्डकै कर्मचारीबाट समेत गोप्य राखेको । कार्यक्रम हेर्ने महाशाखा र इकाईहरुलाई बजेट तथा कार्यक्रम र बाँकी बजेटको विवरण नदिने गरेको ।
३५. पर्यटन प्रबद्र्धन गर्न खडा भएको सार्वजनिक संस्थामा सर्वसाधारण नागरिकहरुको सहज प्रवेश र पहुंचमा रोक लगाएको ।
३६. क्षेत्रिय कार्यालय पोखरालाई छुटटयाएको रकम मनपरि ढंगले केन्द्रबाटै खर्च गर्ने गरेको ।
३७. नियम विपरित एक शिर्षकमा छुट्टयाएको रकम अर्काे शिर्षकमा खर्च गरि करोडौ रकम दुरुपयोग गरेको ।
३८. पदयात्रा पर्यटन प्रबद्र्धन, मजदुरको हितका लागि उठाइएको त्क्ष्ःक् बापतको करोडौं रकम व्यक्तिगत हिसाबले हिनामिना गरेको । सो रकम आन्तरिक पर्यटन प्रवद्र्धन, सामान्य तालीम आदीमा समेत खर्च गर्ने गरेको ।
३९. बोर्डको वार्षिक बजेट, प्रगति प्रतिबेदन र पर्यटन आगमनको तथ्याडक लगायतका सार्वजनिक चासोका कागजातहरु सार्वजनिक नगरेको ।
४०. बोर्डको नियम विपरित आफु र आफु निकटका कर्मचारीलाई लाखौ रकम ओभरटाइम भत्ता वितरण गरेको ।
४१. पहुँच नपुग्ने, दुर्गम ठाँउबाट आएका निमुखा सरोकारवालाहरुलाई अनावश्यक दुःख दिने, झुलाउने गरेको ।
४२. बोर्डका कार्यकारीे समिति सदस्यलाई बैठकको माइन्यूट नदिने, ढाँटने तथा झुक्याउने गरेको । तर आफन्तहरुको र आफ्नो स्वार्थ गाँसिएको काम तुरुन्तै गर्ने गराउने गरेको ।
४३. बोर्ड बैठकले दिएका निर्देशनहरु अटेर गरेको ।
४४. आफु मातहतका कर्मचारीहरुलाई विनाकारण हप्काउने, धम्काउने, तर्साउने, अनावश्यक स्पष्टिकरण सोध्ने गरि मानसिक तनाव दिने गरेको ।
४५. आफ्नो स्वार्थ पूर्ती गर्न पर्यटनसंग कुनै सरोकार नराख्ने व्यक्ति, संघ संस्थालाई रकम दिने गरेको । नाम मात्रका संचारमाध्यमलाई थुप्रै रकम दिने गरेको ।
४६. बोर्डको सूचना तथा संचार शाखाको काम आफ्नो सालाको कम्पनीलाई दिएर बोर्डको आन्तरिक तथा बाह्रय सूचना तथा संचार प्रणाली ध्वस्त बनाएको ।
४७. निज निरौला का.मु. भएयता बोर्डले कुनै टेन्डर निकालेको छैन भने सिलबन्दि दरभाउपत्र लिएर गरिएका सबै खरिदकार्य समेत प्रक्रिया नपुरयाइ ठूलो रकम कुम्ल्याउने उद्देश्यले खरिद गरिएका छन् ।
४८. सुकुम्बासी आयोगबाट मोरंगमा आफू र श्रीमती संगीता निरौलाका नाममा जग्गा लिएको सुन्नमा आएको तर आफू महासामन्ती र पुख्र्योैली धनी व्यक्ति भन्दै फूर्ति दिने गरेको ।
४९. स्वेदश वा विदेश भ्रमण गर्दा ठूलो रकम पेश्की लिने गरेको र पछि तथानाम व्यक्तिगत खर्चका र केही नक्कली बिलहरु समावेश गरी सम्पूर्ण रकम फस्र्योट गर्ने गरेको ।
५०. घरका पूजाआजा र विहे ब्रतबन्ध जस्ता नितान्त व्यक्तिगत भोजहरुमा काठमाडौंको सबैभन्दा महंगो मध्येको एक अमृतभोग क्याटरिंङ बाट व्यवस्था गर्न लगाई त्यसको भुक्तानी बोर्डबाट गराउने गरेको । अमृतभोगले एक वर्षमा ५० लाख भन्दा बढीको रकम लिएको ।
५१. विगत करीब १५ वर्ष देखि पर्यटन सम्पदा तथा संसाधन विकास महाशाखाको प्रमुख भएर पनि सगरमाथा (लुक्ला, नाम्चे सम्म पनि), अन्नपुर्ण (मनांङ,मुस्ताङ,लमजुङ), लाङटाङ, डोल्पा, रारा, खप्तड जस्ता पर्यटकीय क्षेत्रमा कहिल्यै नगएको । शुक्ला फाँटा, बर्दिया, चितवन, पाल्पा, पोखरा, गोर्खा, जनकपुर, इलाम जस्ता गन्तव्यमा पनि १ पल्ट मात्रै गएको ।
५२. पछिल्लो ५।६ महिनामा आफ्नो छोरा आभाष निरौला सम्मिलित संस्था ऋक्ष्त्म् मार्फत छोरालाईनै आवश्यक योग्यता र अनुभव बिनानै प्रशिक्षक समेत बनाई पर्यटन बोर्डबाट उल्लेख्य रकम खर्चगरी अनावश्यक रुपमा तालीमहरु संचालन गर्ने गरेको । पछिल्ला दिनमा यस्ता तालिमहरु त्क्ष्ःक् कोष बाट व्यहोरिने गरेको ।
५३. नेपाली सिनेकर्मीहरुको ३।४ महिना अघि मात्र मलेसियाको अपायक ठाउँमा त्यहाँ कार्यरत नेपाली श्रमिकहरु उपस्थित रहेको एक नेपाली फिल्म महोत्सव कार्यक्रममा सहयोगका नाउमा पर्यटन प्रवद्र्धनका लागि भनि कि एडभर्टाइजिंग लाई रु. ४० लाख दिएको जस मध्ये आयोजकहरुले ५ लाख मात्र पाएको बाँकी रकम आफैले कुम्ल्याएको ।
५४. कार्यालयको सौन्दर्यिकरणका नाममा अथाह खर्च गरेको यही रकमबाटै आफ्नो काठमाडौंको घर र मोरंग स्थित सिसौली फार्म हाउसका लागि खर्च जुटाउने गरेको । त्यहाँ फार्म हाउसमा सौना, ज्याकूजी, स्वीमींग पूल, आधुनिक कन्फरेन्स हल, आदी बनाइरहेको ।
५५. काकडभिट्टा स्थित नेपबो. को सूचना केन्द्रको मोटरसाइकल आफ्नो घरमा प्रयोग गरिरहेको र सूचना केन्द्रमा आफ्ना नातेदार रेवत बस्नेतलाई प्रमुख बनाएको तर उनले निरौलाको त्यही फार्महाउसको रेखदेख गर्ने गरेको र निज बस्नेतका नाममा लाखौं पेश्की लगी सो रकम आफैले उपभोग गर्ने गरेको ।
५६. बिना कुनै आधार, नियम र प्रक्रिया विदेशमा अवैतनिक प्रतिनिधिहरु चयन गरेको र उनीहरु मार्फत ४ लाख अमेरिकी डलर सम्म खर्च गर्न सक्ने आर्थिक विनियममा सुधार गरेको ।
५७. भनाई र गराइमा एकरत्ति पनि तादम्यता नहुने गरेको । बोल्दा जहिले पनि आदर्शका कुरा गर्ने, विधि विधान, प्रक्रिया र पद्धतिका कुरागर्ने, अनेकानेक तर्क प्रस्तुत गर्ने तर काम जहिले पनि खराब नियतले गर्ने गरेको । त्यसैले शुरुमा भेट्नेहरुका लागि उनी निकै असल र जोशिला लाग्दछन तर विस्तारै पछि उनी जत्तिको भ्रस्ट र अनैतिक मान्छे बिरलै हुने गरेको भुक्तभोगीहरुको ठहर हुने गर्दछ ।
५८. विभिन्न पार्टीका केही नेताहरु, मन्त्रीहरु, उच्च ओहदाका कर्मचारीहरुलाई सुरा र सुन्दरीहरु समेत उपलब्ध गराई प्रभावमा पार्ने गरेको ।
५९. कर्मचारी लगायत सरोकारवालाहरुलाई समेत म त खतरनाक मान्छे हो भन्दै अपराधीको पाराले धम्क्याउने र तर्साउने गरेको ।
६०. प्रवद्र्धनात्मक कार्यगर्न गठित संस्थाको प्रमुख जिम्मेवारी पाए पनि निरौलाका सबै कार्य कार्यालय भवनमा विभिन्न खाले निर्माण कार्यहरु र छपाईमा मात्रै मुख्य रुपले केन्द्रित रहेको ।
६१. सबै निर्माणका काममा आफ्नो टाढाका ज्वाईं नाता पर्ने प्रमोद बस्नेत लाई जिम्मा लगाएको । निज बस्नेत सँधै निरौला र आर्थिक प्रशासनका कर्मचारीसँंग कार्यालय र कार्यालय बाहिर बस्ने गरेको । उनकी श्रीमती (निरौलाकी भतिजी पर्ने) मीनू बस्नेत लाई आर्थिक प्रशासन शाखामा बिना प्रतिस्पर्धा करारमा जागिर खुवाइरहेको ।
६२. नौ वर्ष अघि भ्रष्टाचारकै आरोपमा बोर्डबाट निष्कासित र पछि २०६३।६४को आन्दोलन संगै राजनैतिक दवावमा बोर्डमा पुनर्वहाली भएको तर कुकुरको पुच्छर बाह्रवर्ष ढुग्रोमा राखेपनि बाँङ्गै भनेझैं सुध्रिनुको साटो झन बिग्रिएको ।
६३. पर्यटन सम्पदा विकासको मुख्य जिम्मेवारी पाए पनि विगत १५ वर्षमा नेपाल भरी कुनै एक सम्पदाको पनि विकास गर्न नसकेको र आफ्नो सेटिंग रहेको डट्स एन्ड लाइन कम्पनीबाट केवल बुकलेट, लिफलेट, सीडीको उत्पादन र मेला आयोजनामा मात्र ध्यान दिई भ्रष्टाचार गर्ने गरेको ।
६४. बोर्डमा फर्निचर, सोफा, टिभी, कम्प्यूटर जस्ता सामग्री खरीद गर्दा त्यहि सेरोफेरोमा आफ्नो घरकालागि पनि खरीद गर्ने गरेको बोर्डको रकममा ।
६५. आफ्ना नातेदार, आसेपासे, साथीहरु, र प्रभाव पार्नु पर्ने उच्च तहका नेता तथा कर्मचारी लाई देश विदेशको भ्रमणमा बोर्डको खर्चमा पठाउने गरेको ।
६६. कार्यालयको विभिन्न कार्यक्रमका अवसरमा आफू नजिकका कर्मचारीहरुका नाममा ठूलो रकम पेश्की लिन लाउने, त्यो पेश्की रकम आफूले कुम्ल्याउने र पछी नक्कली बिलहरु समावेश गरी फस्र्योट गर्ने गरेको । पछिल्ला दिनमा कर्मचारीलाई थाहै नदिई उनीहरुका नाममा लाखौं रकम झिक्ने, सो रकम अदालत, प्रशासन, नेता, र संचार क्षेत्रका उच्च तहका व्यक्तिलाई प्रभाव पार्न प्रयोग गर्ने र आफूले उपयोग गर्ने गरेको ।
६७. आफन्तहरुको बिहेबारी र अन्य कार्यहरुमा कार्यालयबाटै उपहार खरीद गरि दिने गरेको ।
६८. कर्मचारीहरुलाई बेला बेलामा ….तिमिहरुका श्रीमती छोराछोरी कहाँ कहाँ काम गर्छन, कहाँ कहाँ पढ्छन सब थाहा छ । रगत छदाइदिन्छु । जे पनि गरिदिन्छु । भन्दै अपराधिक शैलीले थर्काउने गरेको । तिमिहरु सबैको नाममा मैले फाइल खडा गरेको छु भन्दै आफ्नो संगै लिएर हिँडने सुटकेश देखाउने गरेको ।
६९. घरेलु काम, पूजा–आजा, बिबाह, ब्रतबन्ध आदीमा कार्यालयका कर्मचारी खटाउने गरेको ।
७०. आफ्नो निजी घरमा रोपाई महोत्सव भनि कार्यालयको खर्चमा पत्रकार लाने, नजिकका कर्मचारी लाने, कलाकार लाने, र स्थानिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरेको ।
७१. कार्यालयका मिडिया कन्सलटेन्टलाई प्रभावमा पारी केही लोभी संचारकर्मीहरुलाई पैसा खुवाई पर्यटन व्यवसाय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन नगरी आफ्नो व्यक्तिगत प्रवद्र्धनमा मात्रै लाग्ने गरेको ।
७२. हरेक दिन बेलुका पाँच बजे पछि राती ९।१० बजे सम्म बसी आफ्नो नजिकका आ.प्र. शाखाका ४।५ जना मात्र कर्मचारी राखी डकुमेन्ट मिलाउँदै अनियमितता गर्ने गरेको । बेलुका अफिसमै बसी, पकौडा भूजिया बनाउन लगाई खाँदै अबेर सम्म दुई तीन जना सप्लायर र तीन चार जना कर्मचारी बसी नाजायज काम गर्ने गरेको र यो समुह कार्यालय भित्र ‘पकौडा ग्यांङ्ग’का रुपमा चिनीने गरेको ।
७३. निर्देशक र अन्य मातहतका कर्मचारीलाई आफ्नो प्रत्यक्ष निर्देशन र स्वीकृतिमा मात्र कार्यहरु गर्ने भनि कार्यालयका सम्पूर्ण कार्यहरुलाई नियन्त्रित गरेको । र पर्यटन विकास तथा प्रवद्र्धनका उचीत र आवश्यक कार्यक्रमहरु हुन नदिने गरेको ।
७४. विभिन्न व्यक्ति तथा शक्ति केन्द्रहरुलाई रिझाउन उनीहरुका लागि उनीहरुको आवश्यकता अनुसारको हवाई टिकट तथा गाडीको व्यवस्था बोर्डबाटै गरिदिने गरेको ।
७५. ने.प.बो.को क्षेत्रिय कार्यालय पोखरालाई एक रुपिया पनि स्वीकृत हुने अधिकार नदिई पोखराका लागि विनियोजीत बजेट सबै आफैले चलाई चरम दुरुपयोग गरेको ।
७६. कर्मचारीहरुसंग रकम सापटी माग्ने तर नतिर्ने गरेको ।
७७ . भारतमा आफू व्यक्तिगत उपचार वा शपिंगमा मा जाँदा पनि कार्यालयको काज मिलाई जाने गरेको ।
७८. विदेशमा कार्यक्रम नहुँदा पनि आफै जबरजस्ती कार्यक्रम बनाई जाने गरेको ।
७९ . मन्त्री, सचिव, सह सचिव र अन्य प्रभावमा पार्नु पर्ने व्यक्तिहरुलाई विदेश भ्रमण गराउने र विदेश तथा स्वदेशमा महंगा उपहार किनेर दिने गरेको ।
८०. बोर्डका विदेश स्थित केही अवैतनिक प्रतिनीधिहरु मार्फत नक्कली बिलहरु बनाई रकम लिने गरेको । खासगरी भारतको नयाँदिल्ली स्थित प्रतिनिधि योगराज पन्त (प्रकाश पन्त)ले व्यवस्था गर्ने नर्थ इन्डिया नामक कम्पनीको बिलबाट ।
८१. युनडीपीको गरिबी निवारणका लागि पर्यटन कार्यक्रमको ठूलो रकम लगानी भई तैयार भएका ६ वटा पर्यटकीय सम्पदाहरुको थप कार्य केही नगरेको र उक्त लगानी अहिले खेर गएको ।
८२. परिचयात्मक भ्रमणका नाममा असम्बन्धित मान्छेहरुलाई घुमाउने, खुवाउने, पिलाउने गरेको ।
८३. बोर्डको रकममा वर्षौं पिच्छे ३।४ वटा महंगा मोबाइल हरु खरीद गर्ने गरेको ।
८४. विष्णुदेवी फर्निचर लाई घरको काठ र फर्निचर प्रशस्त मात्रामा बनाउन लगाई बोर्डबाट भुक्तानी गर्ने गरेको ।
८५.घरका फर्निसिंगका सामग्री, ट्वाइलेटरीजका सामग्री, खाजा भूजिया बिस्कुट सबै बोर्डको रकम बाट व्यवस्था मिलाउने गरेको ।
८६. कार्यालयमा दरबन्दीकै प्रशस्त सवारी चालक हुँदाहुँदै दुईजना निजी सवारी चालकलाई काम लगाइरहेको । र आफूले कार्यालयकै एक महंगो सवारी साधनका साथै अर्को टोयटा एभेन्जा पनि नियमीत भाडामा लिई चलाउने गरेको जस्को मासिक भाडा १५०,०००। रहेको । चर्चा चले अनुसार उक्त गाडी आफैले अर्काको नाममा किनेको र पछि गाडीको मूल्य बोर्डबाट चूक्ता भैसके पछी आफ्नो वा आफन्त कसैको नाउमा गर्ने दाउमा रहेको ।
८७. गजेन्द्र शर्मा नामक आफन्तलाई पदका लागि अयोग्य हुँदाहुँदैै ने.प.बो.कार्यकारी प्रमुखको भ्याकेन्सीमा निवेदन हाल्न लगाई कानुनी अड्चन सिर्जना गर्न लगाई भाँजो हाल्ने गरेको ।
८९. विगत करीब तीव वर्ष देखि बोर्डलाई मुद्दा, मामिलाहरुमा मात्रै घुमाई कार्यकारी प्रमुख आउन नदिने वातावरण बनाएको र पर्यटनको काम गर्नु पर्ने संस्था कानूनी झेल खेल्ने अड्डा जस्तो बनेको ।
९०. जो चोर उसकै ठूलो स्वर भनेझैं आफै सबै गल्ती गर्ने र अरुलाई आफू इमान्दार र पद्धतिका लागि कामगर्ने व्यक्ति भनि ठूलो स्वरले खोक्ने गरेको ।
९१. सरोकारवालाहरुसंग आन्तरिक पर्यटन प्रवद्र्धनका नाममा धेरै रकमको सम्झौता गर्ने र थोरै रकम भुक्तानी गरी बाँकी रकम आफै कुम्ल्याउने गरेको ।
९२. अस्थायी रुपमा कार्यरत र ज्यालादारी रुपमा कार्यरत आफूले भर्ना गरेका केही कर्मचारीका नाममा उनीहरुलाई थाहै नदिई लाखौं रकम पेश्की लिने गरेको ।
९३. पूर्व पर्यटन मन्त्रीका आफन्तलाई पर्यटनसंग असम्बन्धित कार्यका लागि पनि ठूलो रकम दिएको ।
९४. लामो समय सम्म का.मु. खाने र त्यस पछि कार्यकारी प्रमुखको पद हत्याउन तन्त्र मन्त्र, पुजा आजा र गुरु ज्योतिष कार्यका लागि लाखौं रकम खर्चगरेको र त्यो रकम बोर्डकै रहने गरेको ।
९५. बोर्ड मेम्बर रेवत थापा बाट आवश्यकता माग गराई कि एडभरटाइजिंग कम्पनीलाई नै ८५ लाखमा पूर्व क्षेत्रको पर्यटनको वृत्तचित्र बनाउने सम्झौता गरेको र पेश्की रकम झुक्तान भैसकेको ।
९६. देशभरीका फिल्महलमा जनचेतनामूलक सन्देश र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विज्ञापन प्रसारण भन्दै विगत ४ महिना देखि हरेक महिना ४० लाख खर्च गर्ने गरेको । यो रकम कि एडभरटाइजिंग, गोल्डेन एग, पी एच कम्यूनिकेसन नामक संस्थाहरु मार्पmत भुक्तानी दिएको । र सबै डकुमेन्ट र पछि पैसा पनि कि एडभरटाइजिंग कम्पनीकै कर्मचारी मुकुन्द र शशी बाट हुने गरेको । तर विज्ञापन भने फिल्म हलमा विरलै देखाउने गरेको ।
९७. कहिल्यै कार्यालय समयमा नआउने र कार्यालयमा नआएको दिनमा विदा पनि नलिई अर्को दिन हाजिर गर्ने गरेको ।
९८. कार्यालयमा कार्यकक्षमै अशिष्ट, अश्लिल र गाली गलौजका भाषाहरु प्रयोग गर्ने गरेको ।
९९. अमेरिकामा खाता खोली विदेश जाँदाका धेरै जसो रकम त्यहीं राख्ने गरेको ।
१००. विदेश जाँदा फोनमा रोमिंग प्रयोग गरी लाखौं रकम खर्च गरेको र कम्यूनिकेशन खर्चका नाममा छुट्टै रकम लिएको ।
े
१०१. सुभाष निरौलाकै नितान्त व्यक्तिगत दोषका कारणले नेपाल पर्यटन बोर्ड २०६३ साल जेष्ठमा १० दिन र अहिले २०७१ साल बैशाख÷जेष्ठमा पनि हप्तौं सम्म कार्यालय बन्द रहेको ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.
printing kaam ko lagi quatation liye ppani tyo kaha designing ra print kati gareko ho ty press ko naam harek job ma rakhe panihunne tara printing quantity thorai garekai rakhna nadiyeko
FITUR TOURISM FAIR UTRETCH HOLLAND MA JANDA HOTEL MA BILL BANAUDA BILL BADHAYERA LEKHEKO ANI ITB MA HAREK PALTA STALL WALLA HARU SANGA REFRESHMENT KO PANI PAYMENT LIYERA TARA KHALI TEA RA BISCUT MATRA DIYEKO
FREE OF COST MA DISTRIBUTE GARCHHU BHANEKO PRINTING MATERIAL MAPS, CD RA ARU PAISA LIYERA BHECHEKO