TOURISM TIMES

Devoted to Promote tourism in Nepal

सुवासको संकट

समाचार टिप्पणी

सन्तोष पोख्रेल

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलालाई नजिकबाट चिन्नेहरु जस्तोसुकै अप्mठयारो परिस्थितिमा पनि हार नमान्ने व्यक्तिका रुपमा चिन्छन । आप्mनो बिरोध गर्नेलाई तत्कालै तिखो जवाफ फर्काइहाल्ने निरौला यतिबेला भने मिडियासँग आमनेसामने हुन अप्mठयारो मानिरहेका छन । नेपाली पर्यटन क्षेत्रको प्रमुख स्टेकहोल्डरको रुपमा रहेको निजी क्षेत्रले पर्यटन बोर्डविरुद्ध मोर्चाबन्दी गर्दै धावा बोल्दा पनि निरौला चुपचाप देखिएका छन । निजी क्षेत्रले निरौलाको नामै नलिई निरौला विरुद्ध आर्थिक चलखेल गरी बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्न साम, दाम, दण्ड, भेद प्रयोग गरिरहेको जस्तो संगीन आरोप लगाएका छन । तर, निरौला भने व्यवसायीका सबै आरोपको जवाफ दिन आवश्यक नभएको बताउँदै सबै कुरा कानूनी बाटोबाट समाधान हुने बताइरहेका छन ।
निरौला विस २०६७ कार्तिकमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रचण्डमान श्रेष्ठको पदावधि समाप्त भएयता बोर्डको निमित्त प्रमुख भएका हुन । व्यवसायीहरु यही ३ वर्षको अवधि नेपाली पर्यटन क्षेत्रका लागि सबैभन्दा खराब समय भएको बताउँछन । व्यवसायीका अनुसार नेपालको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रर्वद्धनको जिम्मेवारी बोकेको बोर्ड अहिले नेपालको पर्यटन विकासमा बाधक बन्दै गएको व्यवसायीहरुले आरोप लगाएका छन । जसमा निमित्त कार्यकारीको भूमिका निर्वाह गरिरहेका निरौलाको सिइओ बन्ने चाहना प्रमुख रहेको व्यवसायीको दाबी छ । व्यवसायीका अनुसार बोर्डमा सिइओ नियुक्ति नहुँदा बैधानिक मार्ग लगभग बन्द भएको छ । जसका कारण निमित्त रहेका निरौलाले बोर्डको आर्थिक स्रोतको उपयोग पर्यटन प्रर्वद्धनमा भन्दा पनि सिइओ बन्ने अभियानमा खर्चिरहेका छन । यसैले व्यवसायीले बोर्डको आर्थिक पारदर्शिताका लागि विगत ५ वर्षको आर्थिक गतिविधिको विशेषज्ञ र निजी क्षेत्रका प्रतिनिधिमार्पmत जाँचबुझको समेत माग गरेका छन ।
त्यसमाथि पनि पछिल्लो समयमा निरौला निमित्त भएयता पर्यटन बोर्डको स्रोत दुरुपयोगको तथ्यले पनि सम्बद्ध सबैलाई झस्काइदिएको छ । बोर्डका पदाधिकारीलाई फाइदा पुग्ने गरी निरौलाले विस २०७० मा आर्थिक विनियमावली संशोधन गरी आर्थिक चलखेल गरेको छताछुल्ल भएको छ । विगतमा निरौलाका नजिक रहेका एक व्यवसायी निरौलाले आप्mनो उद्देश्यपूर्तिका लागि पैसाको उपयोग कसरी गर्ने भन्ने राम्ररी जानेको बताउँछन । पर्यटन मन्त्री, सचिव तथा बोर्डका सबै पदाधिकारीलाई बोर्डको रकमबाट निरौलाले खरीद गर्ने गरेको उनले बताए । ‘यसपछि निरौलाले जे गरेपनि मन्त्रालय पनि हस्तक्षेप गर्ने हैसियतमा हुँदैन’ , उनले भने ।
निरौला शक्ति केन्द्र को पछि लाग्ने भन्दा पनि जेसुकै गरेर भएपनि शक्तिकेन्द्रलाई नै आपूm अनुकुल घुमाउन माहिर भएका कारण मन्त्रालयका सचिव लगायतका उच्च अधिकारी समेत उनको समर्थनमा रहने गरेको व्यवसायी बताउँछन । सार्वजनिक—निजी साझेदारीको अवधारणमा स्थापित भएको बोर्डलाई निरौलाले एकलौटी रुपमा चलाउन खोज्दा समस्या सृजना भएको व्यवसायी बताउछन । पर्यटन क्षेत्र सम्बद्ध २० वटा व्यवसायिक संस्थाले एकाएक नेपाल पर्यटन बोर्डसँग सहकार्य तोडने घोषणा गरेपछि नेपाली पर्यटन क्षेत्रमा नयाँ तरंग उत्पन्न भएको छ । व्यवसायीले सरकारसमक्ष नेपाल पर्यटन बोर्डको सुधारका लागि तत्काल कदम नचाले आन्दोलनका विभिन्न कार्यक्रम तय गर्ने पनि चेतावनी दिएका छन ।
निरौलाका विवादास्पद काम
1) बोर्डका पदाधिकारीलाई आर्थिक प्रभावमा पारेर सरकारी नियमविपरित आर्थिक विनियमावली संसोधन गरी देश र बिदेश भ्रमणको भत्ता आफुखुशी तय गरी करोडौं रकम अपचलन गरेको
2) पर्यटन बोर्डमा इन्र्टनका नाममा आफन्त भर्ती गरेको
3) पर्यटन बोर्डको स्रोत दुरुपयोग गरी पर्यटन सचिव शुसील घिमिरे र सहसचिव रञ्जनकृष्ण अर्याललाई विभिन्न देश सयर गराएको
4) वल्र्डवाइड एसियन ट्राभललाई वार्षिक १० करोड भन्दा बढीको विनाप्रर्तिस्पर्धा रकम दिई स्रोत दुरुपयोग गरेको
5) कि एडभरटाइजिङलाई विनाप्रर्तिपस्र्धा वर्षोदेखि प्रचारप्रसार लगायतका कामका लागि करोडौं रकम दिई स्रोत दुरुपयोग गरेको
6) पर्यटन प्रर्वद्धनका नाममा गृहजिल्ला भ्रमण गरी एक आर्थिक वर्षमै लाखौं रकम भत्ता लिएको
7) मलेसियन फिल्म फेस्टिवललाई विना अर्थ लाखौ रुपैयाँ दिएको
8) आप्mनो तजबीजबाट आपूm निकटका पत्रपत्रिका, टेलिभिजन, रेडियो तथा पत्रकारलाई लाखौं रुपैयाँ वितरण गरी स्रोत दुरुपयोग
9) पर्यटन मन्त्रीलाई प्रभाव पार्न एमाले महाधिबेशनका लागि एक करोड रुपैयाँ दिने तयारी ।
10)निजी क्षेत्रलाई पूर्ण वेवास्ता तथा निजी क्षेत्र टुक्रयाउने प्रयास गरेको
व्यवसायीको अहिलेको आन्दोलनले भने नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्ने सपना बोकेका निमित्त कार्यकारी प्रमुख सुवास निरौलालाई संकटमा पारेको छ । निरौलालाई ३ वर्षको अवधिमा विभिन्न आरोप लाग्दै आएपनि अहिले जसरी गम्भीर आर्थिक अपचलन र भष्ट्राचारको मुद्दा भन उठेको थिएन । त्यसमाथि पनि केही दिनयता सार्वजनिक भएका तथ्य, निजिक्षेत्रको आक्रोश र असहयोगले निरौलाको एकदिन सिइओ बनेरै छाडछु भन्ने अभियानमा नराम्रो धक्का लागेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 28, 2014 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: