पर्यटनमा चाइनिज प्रभाव
अहिले नेपालको पर्यटनमा चाइनिज पर्यटकको योगदान बढदै गाको छ । ठमेल, सौराहा, पोखरा जस्ता गन्तब्यमा चाइनिज पर्यटकको भीड देखिन्छ । चाइनिज पर्यटकलाई लोभ्याउन अहिले चाइनिज नामका होटल, रेष्टुराँ, ट्राभल कम्पनी, ट्रेकिङसम्म पनि खुलिसके । बजारमा चाइनिज भाषा जानेको टुर गाइडको माग पनि निकै राम्रो छ । यसो बुभ्mदा नेपालको पर्यटनमा चाइनिज प्रभाव बढदै गाको छ । यसले अहिले एक किसिमले नेपालका पर्यटन क्षेत्रनै खुशी पनि भाको छ । यो प्रभावका कुरा चाहिं चीनियाँ जनतासम्मको भो । तर, नेपालको पर्यटनमा चीनियाँ प्रभाव सरकारी तहसम्म पुगेको अहिले देखिएको छ । नेपाल वायुसेवा निगमलाई सित्तैमा जहाज दिएर होस वा पोखरा बिमानस्थलको ठेक्का लिएर होस । चीनियाँ सरकारले नेपालको पर्यटनमा आप्mनो प्रभाव बिस्तार गरेको छ । यसलाई सकारात्मक नै मान्नु पर्छ भन्ने धेरैको मत पनि छ । जे होस नेपालको पर्यटन क्षेत्रमा बढदै गाको यो चाइनिज प्रभाव चाइनिज कपडा जस्तो नहोस । अलि दिगो होस भन्छन पर्यटनका ज्ञाताहरु । ह्रवाट द ……………..!
पत्रकार र पर्यटन बोर्ड
देशाँ एउटा पर्यटन बोर्ड भन्ने संस्था छ भन्ने कुरा धेरैलाई थाहा छ । स्वायत्त संस्थाको रुपमा रहेको बोर्डको आप्mनै निति नियम, भिजन, उद्धेश्य, तरीका, आइडिया, कार्यशैली लगायत के हो के विशेषता छन भन्ने कुरा त्यहींका विशिष्ट अधिकारीहरु दाबी गरिरहन्छन । यस्तो दाबीलाई सोझासाझा नेपाली जनताले पनि पत्याएकै छन । अझ दुइचार अक्षर अग्रेजींमा फर्रर बोलिदिएपछि त तिनसँग प्रश्न सोध्न पनि डराउँछन नेपालीहरु । यस्तोमा एकजना पत्रकार त्यो पनि नामै चलेको देशका एउटा दैनिकका पत्रकारले एकदिन बोर्डको हिसाबकिताब मागेछन । बोर्डको आप्mनै निति नियम, भिजन, उद्धेश्य, तरीका, आइडिया, कार्यशैली छ भन्ने कुरा उनलाई कत्तिको थाहा थियो कुन्नि ? समाचार लेख्ने बिचारले बोर्डको हिसाबकिताबै मागिदिएछन । सकिएन अब । बोर्डका प्रमुखदेखि सम्बन्धित अधिकारीलाई गुहार्दा पनि हिसाबकिताब नपाएका उनी अहिले मन्त्रालय तथा बोर्ड र मन्त्रिपरिषदसम्म हिसाबकिताबको विवरण दिलाइदिन निवेदन हाल्दै हिडेका छन रे । उनको हिसाबकिताव माग्ने कदमबाट बोर्डको मानहानी भएको ठहर गर्दै बोर्डका प्रमुखदेखि कर्मचारीसम्मले उनको फोन नउठाउने, सूचना नदिने सम्मका बिरोधका कार्यक्रम गरिरहेकै बखतमा उनले अरु निकायसम्म उजुरी गरेपछि भने बोर्डबाटै उनलाई फोन आउन थालेको छ रे । त्यो पनि तपाईको बैंक एकाउण्ट नम्बर कति हा भन्दै । हैन, यो पर्यटन बोर्डले त गजबकै काम गरिराको र छ त । कसैले हिसाब माग्यो भने , हिसाब माग्नैकै बैंक खाता मागेर खातामा हिसाब बुझाइदिने । ह्रवाट द ……………..!
पर्यटक हुन कि माछा ?
आपूm सानो हुँदा देखि नै अलि जान्ने बुभ्mनेले भन्थे । नेपाल भन्ने देश निकै अचम्मका छ है, बिचार गरेस बाबु । हुन पनि हो, कहीं नभाको जात्रा हाडीगाउँमा भनेजस्तै नेपालमा कही नभाका अनेक थरीका नियम छन । जस्तो एउटा नियमको कुरा गरौं । निजी गाडीमा पर्यटक बोक्न नपाइने रे । मुस्ताङतिर पुगेपछि आप्mनु गाडी चढन नपाइने रे । देश हो कि ठेकदारले तरकारी लगाउन लिएको जमिन हो कन्प््mयुज हुन्छ भन्या । अघिल्लो हप्ता विगत ५ वर्षयताका २ जना बिदेशी साथीहरुसहित लाङटाङ घुम्न जाने योजना सहित हिडियो । ककनीमा पुग्दा प्रहरीले गाडी रोकेर रातो प्लेटको गाडीमा पर्यटक किन बोकेको भनेर सोध्छ बा । साथीहरुहरु हुन घुम्न जान लाको भन्या त उल्टै निजीमा पर्यटक बोक्न पाइन्न भनेर १ हजार रुपैयाँको चिट काट्छ । पर्यटक त नेपाल घुम्न आएपनि, नेपालबाट अर्को ठाउँमा नेपाली नै घुम्न गए पनि भइहाल्यो नि । आप्mना साथीहरु चाहे बिदेशी हुन वा स्वदेशी ,जो सुकै भएपनि आप्mनो सवारीमा लिएर हिडन नपाए गाडी किन चाहियो । चिट काटने प्रहरीको अनुहार हेर्दा कतिबेला माछा पर्ला भनेर बल्छी थापेर बसेको मछुवार जस्तो देखिन्थ्यो । कतिबेला पर्यटक लिएर कोही आउला र १ हजारको चिट काटौंला भनेर बसेको जस्तो । यस्तो कुरा सुन्दा पनि बिदेशीहरु अचम्म मान्छन । हैन, कहिलेसम्म यो देशमा पर्यटकलाइ जालमा पर्न आको माछा जस्तो व्यवहार गरिन्छ । यसरी पनि फष्टाउछ देशमा पर्यटन । नभनौं भन्दा पनि भन्न मन लाग्छ । ह्रवाट द ……………..!
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.