TOURISM TIMES

Devoted to Promote tourism in Nepal

सम्पादकीय

नयाँ सोचको पर्यटन
विस २०७१ को प्रारम्भसँगै प्राय सबैले नयाँ कार्यको थालनी तथा सोचको बाचा गरेका छन । नेपाली नयाँ वर्षको प्रारम्भलाई भविष्यतर्पmको संकेतका रुपमा बुभ्mने हो भने यो समय सुनौलो भविष्यको प्रारम्भ बिन्दु पनि हो । यसैले यो समयलाई पर्यटन क्षेत्रले पनि सुनौलो् भविष्यको प्रारम्भबिन्दुका रुपमा लिएर अघि बढनुपर्छ । जसका लागि पर्यटन सम्बद्ध व्यक्ति, संस्था, व्यवसाय, निकायले अबको बाटो यसरी जाने भनेर अहिल नै तय गर्नु उपयुक्त हुन्छ । अहिलेको समय वर्ष २०७० मा भए गरेका गल्ती कमजोरीको सुधार र उपलब्धिको थप विश्लेषण गरी वर्ष २०७१ का लागि उपयुक्त सोच निर्माण गर्ने समय हो ।
वास्तवमा अहिले नेपाली पर्यटन क्षेत्रका लागि प्रमुख सहयोगी माध्यमको भूमिकामा रहनुपर्ने पर्यटन बोर्ड जुन हालतमा छ । त्यस हालतबाट पर्यटन बोर्डलाई अघि बढाउने काम वर्ष २०७१ का लागि पहिलो महत्वपूर्ण कार्य हुनेछ । यसका लागि पर्यटन बोर्ड, मन्त्रालय, निजी क्षेत्र तथा राजनितिक दलसम्मले अहिलेको पर्यटन बोर्डको अवस्था आउनुमा आपूm कहाँनेर जिममेवार छु भनेर विशलेषण गर्नुपर्ने आवश्यकता छ । यसतो विश्लेषणले मात्र आपूmले गरेका कमीकमजोरीलाई सच्चाएर वर्ष २०७१ मा नयाँ सोचका साथ अघि बढन बाटो खुल्नेछ । त्यस्तै वर्ष २०७० मा नयाँ ढङ्गले अघि बढने प्रयास गरिरहेको नेपाल वायुसेवा निगमलाई वर्ष २०७१ मा थप नयाँ सोचका साथ अघि बढाउनु अहिलेको आवश्यकता हो । निगममा नयाँ जहाज आउने खबर सुखद भविष्यतर्पmको संकेतका रुपमा लिइएपनि त्यसको दिगो सञ्चालनको रुपरेखा पनि कोर्नु आवश्यक छ । निगमको कर्मचारीतन्त्र अहिले ‘घर पोलेर खरानी’ भन्ने मनसायको छ । यसबाट निगमलाई बचाएर अघि बढाउन सकेमात्र निगम अब इतिहास बन्न बाट बच्नेछ । अन्यथा जति नै नयाँ ल्याएपनि, थपेपनि निगम उँभो लाग्ने सम्भावना देखिदैंन । सरकारले हस्तक्षेप नै गरेर भएपनि नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम जस्ता संस्था बचाउन अग्रसर हुनुपर्छ अन्यथा नेपालको पर्यटनले चाहेको गति लिन सक्नेछैन ।
नयाँ वर्षको प्रारम्भलाई प्रतिबद्धताको चरण मानेर अघि बढने हो भने पर्यटन क्षेत्रका व्यवसायीले पर्यटकका लागि इमान्दार सेवाको प्रतिबद्धता, सरकारले पर्यटन क्षेत्रको विकासका लागि इमान्दार प्रयासको प्रतिबद्धता र जनताले पर्यटन विकासका लागि इमान्दारीपूर्वक सहभागिताको प्रतिबद्धता गर्न सके नेपालको पर्यटनले फडको मार्न धेरै समय लाग्ने छैन । अहिले नेपाली पर्यटनमा इमान्दारीको मुख्य समस्या छ । सरकार पर्यटनबाट राजश्वमात्र असुल्न सक्रिय रहने तर पर्यटन विकासमा भने सधैं उदासीन रहँदै आएको छ । पर्यटन बोर्ड पर्यटन प्रर्वद्धनको मुख्य जिममेवारी भन्दा पनि कर्मचारीको बिदेश घुम्ने माध्यममात्र बन्दै गएको छ । पर्यटन व्यवसायीहरु पर्यटकलाई उपयुक्त सेवा दिनभन्दा पनि पैसा कसरी बढी असुल्ने भन्ने प्रवृत्तिमा रमाउँदै गएका छन । यी कारणले हाम्रा पर्यटनका सम्भावनाहरुलाई उपलब्धितर्पm भन्दा पनि समस्यातर्पm धकेलिरहेका छन । जसले नेपाली पर्यटनको उन्नतिमा समेत बाधा पुर्याउदै आएको छ । तयसैले नववर्ष २०७१को यो प्रारम्भ बिन्दुमा पर्यटनका सबै पक्षहरुले इमान्दार बन्ने प्रयास गर्नैपर्ने भएको छ । यसले नयाँ सोचको पर्यटन विकासमा समेत सहयोग पुग्नेछ । नयाँ वर्षको सबैमा शुभकामना ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 17, 2014 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: