अन्तराष्ट्रिय उडानमा बजेट एअरलाइन्सतर्फ यात्रुको आकर्षण बढेको छ । नेपालमा अन्तराष्ट्रिय उडानको सेवा दिइरहेका २८ वायुसेवामध्ये पाँचवटा बजेट एअरलाइन्सको बजार हिस्सा २८ दसमलब ३३ प्रतिशत पुगेको छ । सन २०१२ को तुलनामा २०१३ मा यस्तो झन्डै पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सन २०१२ मा बजेट एअर लाइनको बजार हिस्सा २३ प्रतिशत थियो ।
टिकट दर महँगो भएका जहाजको बजारसँग प्रतिस्पर्धा गर्न आइपुगेका बजेट एअरलाइन्सको सस्तो भाडाप्रति यात्रु आकर्षति भएका कारण बजार हिस्सा बढेको हो । जेनिथ ग्रुपका प्रबन्ध निर्देशक एवं स्पाइस जेटका जनरल सेल्स एजेन्ट्स (जीएसए) जय देवानले बजेट एअरलाइन्समा यात्रु सन्तुष्ट भएका कारण हिस्सा बढेको बताए ।
विमानस्थलमा क्षमता भन्दा बढी यात्रु
पछिल्लो तथ्याङ्क अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले क्षमता भन्दा बढी यात्रुलाई उडान तथा अवतरण सेवा दिइरहेको छ । यहाँ धावनमार्गको क्षमता भन्दा बढी तौलका जहाजले सेवा सञ्चालन गरिरहेका छन । वैकल्पिक व्यवस्था नहुँदा यात्रु उडानमा पनि क्षमता भन्दा बढी भइरहेको छ । विमानस्थल २४ सै घन्टा बिनाअवरोध सञ्चालन हुन सकेको अवस्थामा वार्षिक यात्रुक्षमता ८२ लाख रहेको छ । हाल नियमित १८ घन्टा उडन हुँदा ४६ लाख भन्दा बढी यात्रुलाई सेवा दिन सकिएको छ । यसका कारण सेवा प्रभावकारी बन्न सकेको छैन । त्रिभुवन विमानस्थलले हाल वार्षिक ४६ लाख ८२ हजार यात्रुलाई उडान तथा अवतरणको सेवा दिएको छ । सन २०१३ मा ९२ हजार ६ सय उडानमार्फत अन्तराष्ट्रिय उडानमा १ लाख ४० हजार र आन्तरिक उडानका १५ लाख ८२ हजार यात्रुलाई सेवा दिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.