११ औं फेवा नव वर्ष महोत्सवको अवसरमा हेलिकोप्टरबाट पोखरा दृश्यावलोकन गर्न सकिने भएको छ । त्रिपल (एएए) टुर्स एण्ड ट्राभल्स पोखराले मुक्तिनाथ एयरको अमेरिकन रविन्सन आर४४ एयरकार हेलिकोप्टरबाट पर्यटकलाई दृश्यावलोकन सेवा प्रदान गर्न लागेको हो । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित पश्चिमाञ्चल होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरेको हो ।
आन्तरिक पर्यटकलाई लक्षित गरी महोत्सवमा ३ हजार ५ सयमा ‘हेलि फल फ्लाइट’ प्याकेजबाट हेलिकोप्टरबाट दृश्यावलोकनको व्यवस्था मिलाइएको त्रिपल एका प्रवन्ध निर्देशक कृष्ण गिरीले जानकारी दिए । पोखराको स्तरीय पर्यटनलाई प्रवद्र्धन गर्न हेलिकोप्टरबाट गरिने दृश्यावलोकनले मद्दत पुग्ने उहाँले बताउनुभयो । पर्यटकको चाहना अनुसार अन्य प्याकेजको व्यवस्था गरिने गिरीले बताए । प्याकेज अनुसार शान्तिस्तुपा, पञ्चासे, नौंडाँडा, धम्पुस, काहुँखोला, हेम्जा, मणिपाल, काहुँ, सराङ्कोट, फेवाताल लगायत पोखराको दृश्यावलोकन गर्न सकिने ट्राभल्सका म्यानेजर राजेन्धर भण्डारीले जानकारी दिए । हेलिकोप्टरबाट एक पटकमा ३ जनाले दृश्यावलोकन गर्न सक्छन । महोत्सव आगामी चैत २८ देखि वैशाख २ गतेसम्म लेकसाइडस्थित बसुन्धरा पार्कमा महोत्सव सञ्चालन हुँदैछ ।
पश्चिमाञ्चल होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरेको महोत्सवमा करिव १० करोड रुपैयाँको व्यवसाय गर्ने लक्ष्य छ । महोत्सवको अवसरमा पर्यटकलाई आवासमा १५ प्रतिशत छुट उपलब्ध गराउने संघका अध्यक्ष हरिशर्मा गैरेले बताए ।
‘फेवा तालको संरक्षण गरौं’ मूल नाराका साथ पर्यटन, संस्कृति र खानाको पक्षलाई जोड दिएर महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । महोत्सवका आकर्षणमा लोकदोहोरी, कन्सर्ट, बालउद्यान, पर्यटक दौड र हास्यव्यंग्यका कार्यक्रम रहेका संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिए ।
नयाँवर्षमा पोखरामा पर्यटकको भीड
पोखरा । पोखरामा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ । अहिले पोखराका होटेल भरिभराउ भएका छन । पर्यटकीय सिजन चलिरहेको बेला आन्तरिक पर्यटक थपिएपछि झनै भीड बढेको व्यवसायी बताउँछन ।
पोखरामा नयाँ वर्ष मनाउन काठमाडौं, चितवन, भैरहवालगायतका सहरबाट बढी मात्रामा पर्यटक आउने गरेका छन । पोखराका आसपासका जिल्लाबाट पनि आन्तरिक पर्यटक आउने गरेको पश्चिमाञ्चल होटेल संघका उपाध्यक्ष भरतराज पराजुलीले बताए । भारतीयसहित अन्य देशका पर्यटकसँगै आन्तरिक पाहुना बढेपछि होटेलका सबैजसो कोठा भरिएका छन । अहिले होटेलका करिब ९० प्रतिशत कोठा भरिएका छन । केही दिनअघिसम्म पोखराका होटेलको अकुपेन्सी करिब ५० प्रतिशत रहेकोमा अहिले ९० प्रतिशत पुगेको छ । उनले भने ‘आन्तरिक पर्यटकले अहिले पोखरालाई निकै नै राहत मिलेको छ । केही वर्षअघिसम्म पोखरामा आन्तरिक पर्यटकको आगमन पाँच प्रतिशत रहेकोमा अहिले बढेर ३० प्रतिशत पुगेको र यसलाई बढाएर ५० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ’ उनले बताए ।
पाहुना बढेपछि कतिपय होटेललाई कोठा नपुगेर व्यवस्थापनमा समेत समस्या भएको छ। होटेल व्यवसायी लक्ष्मण बरालले पाहुना बढेपछि व्यवस्थापनमा समेत समस्या भएको बताए। उनले पछिल्लो सातादेखि पोखरामा पाहुना बढ्न थालेको बताए। अझै एकदुई दिनसम्म यो भीड रहिरहने व्यवसायीले बताएका छन्। कतिपय होटेलले पाहुना बढी भएपछि आफ्नो होटेलमा आएका पाहुनालाई अन्य होटेलमा बसाउनुपरेको छ ।
होटेल संघले आयोजना गरिरहेको फेवा नर्ववर्ष महोत्सवले पनि पोखरामा आन्तरिक पर्यटक बढाउन सघाएको व्यवसायी बताउँछन संघले चैत २८ देखि मेला सञ्चालन गरिरहेको छ । त्यसबाहेक गर्मी छल्न आउने पर्यटकका कारण पनि यति बेला भीड बढेको बरालले बताए । फेवातालमा डुंगा सयर गर्नेको संख्या पनि बढेको छ । फेवा डुंगा व्यवसायी समितिका सदस्य भरत थापाका अनुसार भीड बढेपछि पर्यटकले डुंगा सयर गर्नका लागि पनि पालो कुर्नुपरेको छ । अघिल्ला वर्षजस्तै यसपटक पनि नयाँ वर्ष मनाउन आउनेको संख्या बढेपछि प्याडल बोट चलाउन हानथाप बढेको उनले बताए ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.