पोखरा क्षेत्रको पर्यटनलाई लाभ मिल्ने
टुरिजम टाइमस संवाददाता
देशकै प्रमुख पर्यटकीय गन्तब्य पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण सुनिश्चित भएको छ । लामो समयदेखि विवादको विषय बन्दै आएको बिमानसथल निर्माणको जिम्मेवारी सरकारले चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई दिएपछि पोखरामा क्षेत्रीय —अन्तराष्ट्रिय बिमानस्थल निर्माणको टुंगो लागेको हो । पोखराका पर्यटन व्यवसायीले लामो समयदेखि माग गर्दै आएको अन्तराष्ट्रिय बिमानस्थल निर्माणले पोखरा क्षेत्रको पर्यटनमा कायापलट हुने सम्बन्धितहरुको दाबी रहँदै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकोे बोर्ड बैठकले अघिल्लो हप्ता सिएमसिलाई बिमानस्थल निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले २१ करोड ७० लाख डलर (करिब २१ अर्ब ४७ करोड ९० लाख रुपैयाँ) मा विमानस्थल निर्माण गर्न सीएएमसीलाई दिने निर्णय भएको जानकारी दिए । प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल प्राधिकरणले पछिल्लोपटक गरेको संशोधनसहितको लागत अनुमानअनुसार नै निर्णय भएको मन्त्रीले जानकारी दिए । प्राधिकरणले पछिल्लोपटक विमानस्थल निर्माण लागत २१ करोड ५० लाख अमेरिकी डलर तोकेको थियो । यो रकममा पाँच करोड अमेरिकी डलर भने स्कालेसन र विदेशी मुद्रा विनिमयसँगको लागत जोडेर २१ करोड ६० लाख डलर (करिब साढे २१ अर्ब) पुगेको हो ।
बिमानस्थल निर्माणका लागि पर्यटन मन्त्रालयले गरेको प्रस्तावलाई प्राधिकरण बोर्ड बैठकले स्वीकृत गरेको हो । प्राधिकरणको यो निर्णयको अभिलेखन भइसकेको भए पनि हस्ताक्षर नभएका कारण प्राधिकरणले आधिकारिक रूपमा यसलाई सार्वजनिक गर्न चाहेन ।
प्राधिकरणको यो निर्णयपछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा अल्झिएको जटिलता फुकेको कास्कीका सभासद् रवीन्द्र अधिकारीले बताए । । उनका अनुसार प्राधिकरणको यो निर्णयले पोखरामा विमानस्थल निर्माण सुनिश्चित भएको छ । चीनको एक्जिम ब्यांकको ऋण सहयोगमा यो विमानस्थल निर्माण गर्न लागिएको हो । यसका लागि प्राधिकरणले दुई वर्षअघि नै भ्याटबाहेक १४ करोड ५० लाख अमेरिकी डलर लागत अनुमानमा विमानस्थल निर्माणका लागि प्रस्ताव मागेको थियो ।
यो प्रस्तावमा लागत अनुमानभन्दा झन्डै दोब्बर बढी रकममा विमानस्थल निर्माणका लागि आवेदन परेका कारण विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा विवाद हुँदै आएको थियो । एक वर्षअगाडि नै सरकारले सबैभन्दा कम लागतमा प्रस्ताव पेस गर्ने चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीलाई विमानस्थल निर्माण गर्न दिने निर्णय गरेको भए पनि यो कम्पनीले लागत प्रस्ताव नै प्राधिकरणले गरेको अनुमान रकमभन्दा दोब्बर बढी रहेको भन्दै विरोध भएको थियो । सीएएमसीले न्यूनतम ३० करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव पेस गरेको छ । त्यति बेला विमानस्थल निर्माण गर्ने इच्छा देखाउँदै अन्य दुई कम्पनी सिनो हाइड्रो कर्पोरेसनले ३३ करोड ७८ लाख डलर र चाइना इन्टरनेसनल वाटर एन्ड एलेक्ट्रिक कर्पोरेसनले ३४ करोड ९२ लाख डलरको प्रस्ताव पेस गरेका थिए ।
यी कम्पनीमध्ये सरकारले सीएएमसीलाई नै विमानस्थल निर्माण गर्न दिने निर्णय गरेको भए पनि लागत मूल्य भने टुंगो लागेको थिएन । एक्जिम ब्यांकको आर्थिक सहयोगमा यो विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीमात्र टेन्डर प्रक्रियामा सहभागी हुन पाउने प्रावधान तोकिएको थियो । यो विमानस्थल निर्माण इन्जियिरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) शैलीमा हुने भएको छ । यो प्रक्रियामा निर्माण कम्पनी आफैंले डिजाइन गरी निर्माण कार्यसमेत सम्पन्न गर्ने प्रावधान छ । यस्तो प्रक्रिया विमानस्थल निर्माणमा नै पहिलो नमुना भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।
पोखरामा क्षेत्रीय तथा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको सबैले स्वागत गरेपनि पोखराको पर्यटनको प्रमुख आकर्षण रहँदै आएको खेल पर्यटनमा असर पुग्ने चिन्ता भने पर्यटन व्यवसायीमाझ रहँदै आएको छ ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.