टुरिजम मार्केटिङ एण्ड प्रमोसन, नेपाल टुरिजम (पर्यटन) बोर्ड
आदित्य बराल बिगत १४ वर्षदेखि नेपाल टुरिजम बोर्डको टुरिजम मार्केटिङ एण्ड प्रमोसन विभागमा हुनुहन्छ । कुनैबेला राष्ट्रिय योजना आयोगको सल्लाहाकार, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहाकार समेतको जिम्मेवारी निर्वाह गर्नुभएका बरालले लामो समयदेखिे पर्यटन बोर्डको बजारीकरण र प्रर्वद्धनको नेत्तृत्व गरिरहनुभएको छ । गत हप्ता १५ औं वार्षिकोत्सव मनाएको बोर्डको राष्ट्रिय —अन्तराष्ट्रिय बजार प्रर्वद्धनको अवस्था, भविष्य र रणनिति सम्बन्धमा टुरिजम टाइम्सका लागि बरालसँग सन्तोष पोख्रेलले गरेको कुराकानीको सारसंक्षेप ः
भर्खरै पर्यटन बोर्डले १५ औं वार्षिकोत्सव मनाएको छ । यो अवधिमा बजारीकरण र प्रर्वद्धनको अनुभव कस्तो रह्यो ?
पहिले र अहिले पर्यटन बोर्डले गर्ने बजारीकरण र प्रर्वद्धनको स्वरुप थप परिष्कृत र प्रभावकारी हुँदै गएको छ । कुनै बेला पर्यटन बोर्डले ४—५ करोडको कुल बजेटमा राष्ट्रिय—अन्तराष्ट्रिय प्रर्वद्धनको कार्य गर्नुपर्ने अवस्था थियो । अहिले पर्यटन बोर्डको बजेटमा पनि समयानुकुल वृद्धि भएको अवस्था छ । सो अनुरुप बोर्डले नेपाली पर्यटनको बजारीकरण र प्रर्वद्धनमा पनि निरन्तर कार्य गरिरहेको छ । अहिले हामी विश्वका प्रमुख पर्यटन सम्भावना भएका राष्ट्रहरुमा निरन्तर सेल्स मिसन, रोड सो , प्रर्दशनीहरुमा नियमित सहभागी भएर हामीले बजारीकरण र प्रर्वद्धनको कार्य गरिरहेका छौं । अहिले बजारीकरण र प्रर्वद्धनमा इण्टरनेट मार्केटिङ जस्तो माध्यम बढी प्रभावकारी र उपयोगी हुने भएकाले त्यसमा जोड दिएका छौं । अहिले हाम्रो स्रोत र साधनले भ्याएसम्म नेपाली पर्यटनको बजारीकरण र प्रर्वद्धनमा पर्यटन बोर्डले कार्य गरिरहेको छ ।
ग्लोबल मार्केटमा हाम्रो उपस्थिति कस्तो छ ?
ग्लोबल मार्केटको कुरा गर्दा हामी सबै विश्वमा पुग्ने होइन । हामीले हाम्रो सम्भावित बजारमा केन्द्रित हुने हो । अहिले हाम्रो बजार भारत,चीन, अमेरिका, जापान, फ्रान्स लगायत युरोपका राष्ट्रहरु, अष्ट्रेलिया मुख्य छन । त्यसैले हामीले यिनै ठाउँबाट थप पर्यटक ल्याएर लाभ हासिल गर्न विभिन्न बजारीकरण र प्रर्वद्धनका कार्यक्रमहरु गरिरहेका छौं । यसमा निजी क्षेत्रले पनि यिनै सम्भावित बजारमा जान जोड दिने गरेको छ । हाम्रो लक्ष्य निजी क्षेत्रलाई पनि सामेल गरेर जाने भएकाले हामी नेपालको परम्परागत बजार भनिएका क्षेत्रमा केन्द्रित भएका हौं । त्यस्तै अहिले नयाँ गन्तब्यका रुपमा उदाएका इजरायल, ब्राजिल, अर्जेन्टिना जस्ता ठाउँमा पनि हामीले नेपाल प्रर्वद्धन गर्नु आवश्यक छ । जसका लागि हामीले त्यस्ता ठाउँमा कन्जुमर टु कन्जुमर (सिटुसी) मार्केटिङमा जोड दिएका छौं ।
तर, व्यवसायीहरु तथा सम्बन्द्यितहरु त पर्यटन बोर्डले उपयुक्त बजारीकरण र प्रर्वद्धन गर्न नसक्दा पर्यटन आगमन सोचेजस्तो वृद्धि नभएको बताउँछन नि ?
यसमा म असहमत त छैन । तर, पर्यटन बोर्डले आप्mनो स्थानबाट सक्दो कार्य गरिरहेको छ । हामीले हाम्रो बजेट र स्रोत साधनले भ्याएसम्मको कार्य गर्ने नै हो । अहिले हाम्रो बजेट बढेको छ । तर, बिदेशी मुद्रा पनि सोही अनुसार बढेको छ । जसले हामीले चाहेर पनि ग्लोबल मिडियामा प्रचार प्रसारका कार्य गर्न सकेका छैनौं । तर, अहिलेको पर्यटन आगमन पनि पर्यटन बोर्डको बजारीकरण र प्रर्वद्धनको उपलब्धि हो भन्ने कुरा बिर्सनु हुँदैन । त्यस लगायत कतिपय निति नियम, व्यवस्था र परिस्थितिका बीच पनि हामीले चाहेर पनि सोचेको काम गर्न नपाएको अवस्था छ । नेपाली वायुसेवाको अन्तराष्ट्रिय उपस्थिति नहुनुले पनि समसया सिर्जना भएको छ । यति हुँदा हुँदै पनि हामीले निरन्तर काम गरिरहेका छौं ।
बजारीकरण र प्रर्वद्धनमा कसरी अघि बढयो भने अहिले भन्दा उपयुक्त नतिजा आउला जस्तो लाग्छ यहाँलाई ?
कसरी अघि बढने भन्ने त्यस्तो कुनै निश्चित सुत्र त छैन , अहिले हामीले मुख्य प्रभावकारी ठानिएका रोड सो, सेल्स मिसन, प्रर्दशनी, कन्जुमर टु कन्जुमर तथा इन्टरनेट मार्केटिङमा ध्यान केन्द्रित गरेका छौं । यसका अलावा हामीले विगतमा बीबीसी, सिएनएन जस्ता ग्लोबल मिडिया मार्पmत गरेको प्रमोसनलाई निरन्तरताको प्रयास गरिरहेका छौं । यसमा मुख्य कुरा बजेटको हो । पर्यटन वर्ष २०११ को समयमा ति मिडियाले नेपाललाई माया गरेर निकै कम रकममा नेपाल प्रर्वद्धन गरिदिएका थिए । अहिले त्यो बजेटमा प्रर्वद्धन गर्न उनीहरु तयार हुँदैनन । यसैले थप बजेट व्यवस्था गरेर ग्लोबल मिडियामा जान सके उपलब्धि हुन्थ्यो भन्ने हो । यसका लागि हामीले प्रयास गरिरहेका छौं ।
पर्यटन बोर्डको मुख्य कार्य अन्तराष्ट्रिय बजारीकरण र प्रर्वद्धन भए पनि बोर्ड अहिले देशमै बढी अल्मलिएको जस्तो देखिन्छ । किन यस्तो अवस्था आयो ?
बिदेशबाट पर्यटक नेपाल ल्याउन पर्यटन बोर्डले अन्तराष्ट्रिय प्रर्वद्धनको कार्य जसरी गरिरहेको छ । त्यसमा देशमा पर्यटकीय चेतना विकास र बिस्तारमा पनि कार्य गरिरहेको हो । नेपालमा पर्यटक आएर मात्र भएन । पर्यटकका लागि आवश्यक गन्तब्य, व्यवहार र व्यवसायिकता विकासका लागि सबैमा पर्यटन चेतना पनि हुनु पर्यो । जसका लागि पर्यटन बोर्डले अन्तराष्ट्रियका साथै राष्ट्रिय क्षेत्रमा पनि काम गरिरहेको हो ।
आगामी दिनमा बजारीकरण र प्रर्वद्धनका लागि कुनै नयाँ योजना छन कि ?
अहिले पर्यटन बोर्डले आप्mना सकै कार्यहरुलाई प्रभावकारी बनाउने गरी पञ्चवर्षीय योजना बनाएर अघि बढने तयारी गरिरहेको छ । यसका लागि अहिले हामी छलफलमै छौं । बजारीकरण र प्रर्वद्धनको क्षेत्रमा पनि हामी सोही अनुरुप योजना बनाएर अघि बढछौं । अब हामी नयाँ योजना र रणनितिका साथ नै अघि बढछौं ।
It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.
Devoted to Promote tourism in Nepal
The Art and Craft of Blogging
The latest news on WordPress.com and the WordPress community.