TOURISM TIMES

Devoted to Promote tourism in Nepal

काठमाडौं संसारमै तेस्रो उत्कृष्ट र एसियाकै एकमात्र पर्यटन गन्तव्य

संसारका उत्कृष्ट १० उदीयमान पर्यटन गन्तव्यको सूचीमा काठमाण्डौं तेस्रो स्थानमा परेको छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘टि्रप एडभाइजर’ले पर्यटकहरुको प्रतिक्रिया र समीक्षाका आधारमा काठमाडौंलाई उक्त स्थानमा राखेको हो । काठमाडौं यो सूचीमा पर्ने दक्षिण एसियाकै एकमात्र गन्तव्य हो । एसियाबाट काठमाडौंसँगै जापानको साप्पोरो र भियतनामको हनोई मात्र परेका छन् । सूचीको पहिलो स्थानमा क्युवाको हवाना र दोस्रोमा कोस्टारिकाको ला फोर्चुना डे सान कार्लोस छ ।

टि्रप एडभाइजरले लाखौं पर्यटकको छनोटका आधारमा संसारका उद्यमान १० गन्तव्य सूची सार्वजनिक गरेको छ । ‘टि्रप एडभाइजरको उत्कृष्ट उदीयमान गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रकाImage लागि ठूलो उपलब्धि हो,’ नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचारप्रसार महाशाखा प्रमुख (निर्देशक) हिक्मतसिंह ऐरले भने,’यसबाट आशालाग्दो प्रभाव देखिने निश्चित छ ।’ यही सूचीलाई केन्द्रमा राखेर प्रचारप्रसारलाई तीब्रता दिइने उनको भनाई छ ।

‘संसारका ठूला टुर अपरेटरले यो सूचीलाई आफ्ना ‘ब्रोसर’ मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,’ उनले भने, ‘त्यही अनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन् ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Information

This entry was posted on December 5, 2013 by in Uncategorized and tagged .
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

The WordPress.com Blog

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: