TOURISM TIMES

Devoted to Promote tourism in Nepal

सुध्रेला त वायुसेवा निगम

 सन्तोष पोख्रेल

समाचार टिप्पणी
नेपाल वायुसेवा निगमको इतिहासमा यो वर्ष दुईवटा महत्वपूर्ण घटना भए । पहिलो निगमले यही वर्ष जुन महिनामा फ्रान्सेली कम्पनी एयरबससँग अन्तराष्ट्रिय उडानका लागि दुइवटा ठूला जहाज किन्ने सम्झौता गर्यो । दोश्रो निगमले यही बिहिवार चीनसँग एकैपटक ६ वटा जहाज खरीदको सम्झौता गरेको छ । निगमको इतिहासमै यति ठूलो सम्झौता भएको यो पहिलोपटक हो ।
चरम राजनितिकरण र व्यवस्थापकीय लपारवाहीका कारण राष्ट्रिय ध्वजावहाकको मान र शानको समेत अपमान गर्दै आएको निगमलाई फेरि आप्mनो गुमेको शान र मान फिर्ता गर्ने सुनौलो मौका जुरेको छ ।
निगमको जहाज खरीद सम्झौता
# सन १९७७ मा एउटा र सन १९७८ मा एउटा गरी हालसम्म जम्मा दुई वटा बोइङ्ग ७५७ खरिद गरेको थियो ।
# असार १३ , २०७० मा निगम र एयरबस निर्माता कम्पनीबीच दुई वटा न्यारोबडी एयरबस ए ३२०–२०० खरिद गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर ।
# खरिद गरिने दुवै विमान सन २०१५ मा एयरबसले उपलब्ध गराउन
# यी विमानका अंकित मू्ल्य ७५ मिलियन अमेरिकी डलर प्रति विमान तोकिएको छ ।
# मंसीर १३, २०७० मा चिनियाँ जहाज ल्याउन साढे ६ अर्बको सम्झौता
#नयाँ सम्झौतापछि चीनले ५८ सिट क्षमताको मोडर्न आर्क्ु ९एमए०–६० मोडेलका दुई र १९ सिटयुक्त वाई१२—ई मोडेलका चार जहाज दिनेछ । तीमध्ये एउटा एमए–६० र एउटा वाई १२–ई अनुदानमा तथा बाँकी एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा दिनेछ ।
जहाज अभावको समस्या देखाउँदै निगमको कन्तबिजोगको जिम्मेवारीको नलिने निगमको व्यवस्थापकीय नेत्तृत्वले यी जहाज पाएपछि चाहिं कस्तो रवैया अपनाउला भन्नेमा अहिले धेरैको चासो छ । अन्तराष्ट्रिय उडानको एकमात्र नेपाली खेलाडी निगमले एयरबसका दुई जहाज सन २०१५ मा आउनुअगावै ६ वटा चिनियाँ जाहजको व्यवस्थापन र सञ्चालन कसरी गर्छ । त्यसलदे पनि निगमको सुधारको आँकलन गर्न सकिनेछ । विहिवार भएको सम्झौतामा दुइटा जहाज ३ महिनामै र बाँकी जहाज ९ महिनाभित्रै आइपुग्ने निगमका महाप्रबन्धक मदन खरेलले बताएका छन । अहिले जहाज अभावका कारण निगमको मुख्य बजार हिस्सा बुद्ध, यति, तारा र सिम्रिक एयरले कब्जा गरिसकेका छन । यस्तोमा आन्तरिक उडानका लागि निगमका ६ वटा जहाजले यी कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अबको नौ महिनाभित्र निगमससँग आन्तरिक उडान गर्न ६ वटा चिनियाँ र हाल भएका चारवटा ट्विनअटर गरी १० जहाज हुनेछन ।
चिनियाँ जहाज आएपछि निगमको आन्तरिक उडान र एयरबसको जहाज आएपछि अन्तराष्ट्रिय उडानमामा कायापलट हुने भनिए पनि मुख्य कुरा व्यवस्थापन र सञ्चालनको सही रणनिति आवश्यक रहनेछ । जहाजमात्र भएर कम्पनी सफल हुँदैन भन्ने कुरा निगमको विगImageतले पनि देखाउँछ । जहाज हुँदाहुँदै पनि सही रणनिति र व्यवस्थापन नहुँदा निगम अहिले यो अवस्थामा खुम्चिनुपरेको हो । 

नेपाल वायुसेवा निगमलाई अहिले यात्रुले हेर्ने दृष्टिकोण परिवर्तन गर्नु सबैभन्दा ठूलो चुनौती हो । आन्तरिक र अन्तराष्ट्रिय दुवै उडानमा समयमा उडान नभर्ने, सुविधामा ध्यान नदिने तथा यात्रुसँग उपयुक्त व्यवहार नगर्ने सम्मका कमजोरी निगमले सुधार गर्नुपर्नेछ । आप्mनो देशको ध्वजावहाक चढदा गौरव महसुस गर्ने नेपाली यात्रुका लागि कुनै बेला रेडियो नेपालमात्र सुन्नु पर्ने बाध्यता एफएम रेडियोले अन्त्य गरिदिएझै अहिले आन्तरिक र अन्तराष्ट्रिय उडानमा सुविधायुक्त छनौटका अवसर छन । चार दशक अघिको बजार हिस्सा फर्काउन अब निगमले जहाज मात्र थपेर पुग्दैन । आप्mनो व्व्यस्थापन, कर्मचारीका लागि उपयुक्त तालिम र सिप तथा सञ्चालन प्रक्रियामा पुरै परिवर्तन गर्नुपर्छ । निगमको अभिभावक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका शुशील घिमिरेले निगमको सुधारको लागि व्यवस्थापकीय तथा सामयिक परिवर्तन गर्नेपर्ने बताउँदै आएका छन । घिमिरेकै सक्रियतामा एयरबस र चिनियाँ जहाज आउने सम्झौता सम्पन्न भएकाले पनि अब निगम सुधे्रला कि भन्ने सबैको अपेक्षा छ । हेरौं जहाज हुँदाको निगम कस्तो होला ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 3, 2013 by in Uncategorized.
Saujanya Timalsena

It's a reflection of my imagination, creativity, ideas, opinions and thoughts. Personal blog on topics whatever comes to my mind and ones that I feel like writing.

TOURISM TIMES

Devoted to Promote tourism in Nepal

The Daily Post

The Art and Craft of Blogging

WordPress.com News

The latest news on WordPress.com and the WordPress community.

%d bloggers like this: